विदेश पठाउने नाममा करोडौं ठगी गरी फरार रहेका गुरुङ थाइल्याण्डमा पक्राउ « Khabarhub

विदेश पठाउने नाममा करोडौं ठगी गरी फरार रहेका गुरुङ थाइल्याण्डमा पक्राउ


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्याण्डमा पक्राउ परेका छन् ।

रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।

उनले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभन दिइ विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो । फरार गुरुङमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पूर्जीसमेत जारी गरेको थियो ।

उनलाई विहीबार थाईलैण्डको प्रहरीले नेपाली राजदूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

थाइल्याण्डमा वैध राहदानी र विनाप्रवेशाज्ञा गैरकानूनीरुपमा बसेको अपराधमा समेत त्यहाँको सरकारले गुरुङमाथि अनुसन्धान र कारवाही भइरहेको जनाइएको छ ।

नेपाल र थाइल्याण्डको वर्तमान कानून तथा पारस्परिक सहयोगका आधारमा उनीमाथि कारवाही अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ८ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको