२० हजार घुससहित अमिन पक्राउ « Khabarhub

२० हजार घुससहित अमिन पक्राउ


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका नक्शा शाखाका अमिन वीरेन्द्र चन्दलाई रु २० हजार घुससहित विहीबार पक्राउ गरेको छ ।

जग्गाको प्राविधिकमार्फत नापजाँच गरी क्षेत्रफल निर्क्योल गरी सिफारिश गर्नका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी चन्दको थप अनुसनधान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरका तत्कालीन उपप्रशासक शारदाकुमारी पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक खेमराज कठायतको पनि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरिएको छ । आयोगले नेपाल प्रहरीको अङ्गरक्षक गणका प्रहरी नायब निरीक्षक सुरेशकुमार गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको भन्दै आजै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ९ : ३० बजे

नागरिकता विधेयक प्रमाणीकारणविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता

भुटानी शरणार्थी प्रकरण : थुनछेक बहस आजदेखि  

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस

तरकारी र फलफूलको मूल्य आज कति?  

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

भजनी – कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध

महानगरको शिक्षामा सीप कार्यक्रम उपयोगी छ

हामीले १२ कक्षासम्म पढ्ने विद्यार्थीको लागि थप के गर्न सकिन्छ