२० हजार घुससहित अमिन पक्राउ « Khabarhub

२० हजार घुससहित अमिन पक्राउ


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका नक्शा शाखाका अमिन वीरेन्द्र चन्दलाई रु २० हजार घुससहित विहीबार पक्राउ गरेको छ ।

जग्गाको प्राविधिकमार्फत नापजाँच गरी क्षेत्रफल निर्क्योल गरी सिफारिश गर्नका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी चन्दको थप अनुसनधान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरका तत्कालीन उपप्रशासक शारदाकुमारी पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक खेमराज कठायतको पनि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरिएको छ । आयोगले नेपाल प्रहरीको अङ्गरक्षक गणका प्रहरी नायब निरीक्षक सुरेशकुमार गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको भन्दै आजै मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ९ : ३० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको