बीआरआई सम्मेलनमा समेटियो रेल « Khabarhub

बीआरआई सम्मेलनमा समेटियो रेल


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो। योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको अन्नपूर्ण पोस्टमा खबर छ।

विभिन्न निर्णय गर्दै बीआरआई सम्मेलन शनिबार बेइजिङमा सम्पन्न भएको छ। विभिन्न मुलुकसँग गरिने आर्थिक सहकार्य र सञ्जाल विस्तारको पहिलो एनेक्सको २३ औं बुँदामा नेपालसँग सहकार्य हुने उल्लेख छ। ३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुख सम्मिलित गोलमेचपछि ३८ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ। वक्तव्यमा तीन ‘एनेक्स’ समेत छुट्याएर बीआरआईमार्फत अहिले भइरहेका र भविष्यमा हुने सहकार्यका योजना सूचीबद्ध छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्मेलन निकै फलदायी रहेको बताए। सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति सीले नेपालसहित सबै मुलुकसँग हुने सहकार्यलाई चीनले तालिकासहित बाहिर ल्याउने स्पष्ट पारे। सम्मेलन समापन समारोहमा राष्ट्रपति सीले बीआरआई परियोजनामा १५० मुलुकले चीनसँग सम्झौता गरेको जानकारी दिए। उनले भने, ‘साझा लक्ष्य हासिल गर्न र खुलापन तथा सुधारका क्षेत्रमा अगाडि बढ्न बीआरआई कोसेढुंगा हुनेछ।’

चीनले नेपाललाई दक्षिण एसियासँग जोड्ने मुख्य द्वारका रूपमा लिँदै आएको छ। बीआरआईको फ्रेमवर्कभित्रको परियोजनामा रेल र हिमालय वारपार सञ्जाल विस्तार पर्नुलाई सकारात्मक मानिन्छ। नेपालले लामो समयदेखि चिनियाँ फ्रेमवर्कभित्र रेलवे विस्तार पार्नुपर्ने आग्रह गर्दै आएको थियो।

३७ मुलुकका राष्ट्र एवं सरकार प्रमुखबीच भएको सहमति कार्यान्वयनमा शंका नरहेको अधिकारीहरूले बताएका छन्। सम्मेलनमा पाँच हजारभन्दा बढी सहभागी थिए। सम्मेलन विभिन्न फरकफरक सत्रमा चलेको थियो।‘हिमालय वारपार र रेल सञ्जालसम्बन्धी नेपालको प्रस्ताव बीआरआईले स्वीकार गरेपछि हामी खुसी भएका छौं,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘अब हाम्रा योजना छिट्टै कार्यान्वयन तहमा अघि बढ्नेछ।’

पत्रिकाले नेता थप्दै नेकपा शीर्षकको समाचारमा नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ। प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चारजनाका दरले २८ जना पदाधिकारी छन्। केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ। स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदैछन्।

सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ। प्रदेश तीनमा कम्तीमा चार सहइन्चार्ज थपिँदैछन्। प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादुर राना, कर्णालीमा यमलाल कँडेल र सूदुरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज छन्।

‘प्रदेश पदाधिकारीको संख्या बढाउन प्रत्येक प्रदेशमा सहइन्चार्ज थप्ने तयारी भइरहेको मैले पनि सुनेको छु तर हामीसँग छलफल भएको छैन,’ प्रदेश २ का सहइन्चार्ज विश्वनाथ शाहले अन्नपूर्णसँग भने, ‘एउटै पदमा धेरै मान्छे राखेर कार्य विभाजन गर्नुको अर्थ छैन।’

त्यस्तै मोसमी फ्लुले पूरै गाउँ थला शीर्षकको समाचारमा चैत अन्तिम सातादेखि फैलिएको मौसमी फ्लुको संक्रमणका कारण हुम्लाको ताँजाकोटमा नौ जनाको मृत्यु भएको छ। सुरुमा सामान्य रुघाखोकी मात्र देखिए पनि विस्तारै गाउँभरि संक्रमण फैलिँदै गएको हो।

सिमकोटस्थित जिल्ला अस्पताल पुग्न तीन दिन लाग्ने र गाउँको स्वास्थ्य चौकीमा सामान्य औषधोपचारले निको नभएपछि एकाएक ज्येष्ठ नागरिक र बालबालिकाको ज्यान जान थालेको हो। अहिले गाउँका ५०/६० जना उपचारका लागि ताँजाकोटस्थित स्वास्थ्य चौकी आउने गरेको स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीले जानकारी दिए। ‘सुरुमा एक/दुई जना वृद्धको मृत्यु हुँदा हामीले सामान्य ठानेका थियौं तर एकाएक अरू पनि बिरामी हुने र मर्न थालेपछि यसले विकराल रुप लिएको हो’, उनले भने, ‘तत्काल कुन रोग हो भन्ने पुष्टि भएको छैन तर देखिने लक्षणका आधारमा मौसमी फ्लु भनेका छौं।’

बिरामीमा ज्वरो आउने, टाउको दुख्ने र लगातार बान्ता हुने लक्षण देखिएको अहेव जैसीले बताए। यसबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।
त्यस्तै विद्यार्थी भर्ना अभियान अन्तर्गत घरघरमा विद्यार्थी खोज्न हिँडेको खबरलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : ५५ बजे

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन

हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार

हुम्ला– हुम्ला र कालीकोटबाट दुई जना सुत्केरीको हवाई उद्धार गरी

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि