चन्द्रागिरिमा कटेज भन्दै कंक्रिट टावर, भवन ईआईए स्वीकृतिविपरीत « Khabarhub

चन्द्रागिरिमा कटेज भन्दै कंक्रिट टावर, भवन ईआईए स्वीकृतिविपरीत


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चन्द्रागिरि हिल्स लिमिटेडले वातावरणमैत्री कटेज बनाउने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सरकारबाट स्वीकृत गराएर भालेश्वर डाँडामा कंक्रिट टावरहरू खडा गरेको छ। ईआईएअनुसार छुट्टाछुट्टै ४० वातावरणमैत्री कटेज निर्माण गर्नुपर्नेमा उसले एकै ठाउँमा ८ भन्दा बढी कंक्रिट भवन निर्माण गरेको कान्तिपुरमा खबर छ।

वातावरणविद्हरूले चन्द्रागिरिले बनाएको ‘चन्द्रागिरि हिल्स रिसोर्ट’ लाई कटेज भन्न नमिल्ने बताएका छन्। लामो समय तत्कालीन वातावरण मन्त्रालयमा ईआईए महाशाखामा काम गरेका पूर्वसहसचिव बटुकृष्ण उप्रेतीले भने, ‘कटेज बनाउँछु भनेर ईआईए स्वीकृत गरी त्यसविपरीत संरचना बनाएको देखिन्छ, त्यो कटेज होइन टावरजस्तो संरचना भयो।’

तत्कालीन ‘वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय’ ले २०६९ भदौ २० मा स्वीकृत गरेको ईआईए प्रतिवेदनमा चन्द्रागिरिमा वातावरणमैत्री ४० कटेज निर्माण गरिने उल्लेख छ। प्रतिवेदनमा हरेक कटेजमा ४ देखि ८ कोठा हुनेसमेत उल्लेख छ। प्रतिवेदनमै ३० देखि ४० कटेजसहितको ‘पाँचतारे इको रिसोर्ट’ तयार गरिने उल्लेख छ।

वातावरणमैत्री कटेजमार्फत पर्यटन प्रवर्द्धन गरी अर्थोपार्जन गरिरहेका अफ्रिकी र अन्य मुलुकमा भन्दा चन्द्रागिरिले निर्माण गरेको ‘चन्द्रागिरि हिल्स रिसोर्ट’ को संरचना ठीकविपरीत देखिन्छ।

काठमाडौं फनपार्क प्रालिका नाममा ईआईए प्रतिवेदन बनाएर २०७३ जेठ १५ देखि नाम फेरेर चन्द्रागिरि हिल्स लिमिटेडमार्फत निर्माण अघि बढाइएको हो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा वनमन्त्री दीपक बोहराले २०६८ साउन २० मा बिनाप्रतिस्पर्धा ३६ हेक्टर वनक्षेत्र काठमाडौं फनपार्क प्रालिलाई ४० वर्षसम्मका लागि उपयोग गर्न दिने निर्णय गरेका थिए।

राष्ट्रपति सीले भने–‘विकासमा साथ छौं’ शीर्षकको समाचारमा पत्रिकाले चीनका राष्ट्रपति सी चिनफिङले नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली अभियान’ प्रति चासो देखाएका छन्। ‘नेपालले संकल्प गरेको समृद्ध नेपाल, खुसी नेपालीको अभियानमा चीनको सदैव साथ छ,’ राष्ट्रपति सीले भने, ‘चीनलाई सम्झिनुहोला, यो विकासको सहयात्रामा साथ दिन चीन तयार छ।’

बेइजिङस्थित नेपाली राजदूतावासले राष्ट्रपति विद्यादेवी भण्डारीकोसम्मानमा आयोजना गरेको रात्रिभोजमा उनका तर्फबाट यहाँ रहेका नेपालीलाई शनिबार साँझ सम्बोधनगर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपतिको यो अभिव्यक्तिबारे जानकारी दिएका हुन्।

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) दोस्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनको अन्तिम दिन शनिबार आयोजित राउन्ड टेबल बैठकमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघको २०३० एजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकास प्रवर्द्धन विषयमा सम्बोधन गरेपछि त्यसको प्रतिक्रियामा चिनियाँ राष्ट्रपतिले ऊक्त धारणा व्यत्त गरेको मन्त्री ज्ञवालीले जानकारी दिए।

त्यस्तै पत्रिकाले खुलामञ्चका सटर भत्काइएको, कक्स बजारका कथालगायतका खबरलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : २१ बजे

युद्धग्रस्त इरानमा अझै पनि छन् ६ जना नेपाली

काठमाडौं- दुई दिनदेखि इजरायली र अमेरिकी आक्रमण झेलिरहेको इरानमा अझै

निर्वाचन र होलीलक्षित स्वास्थ्य तयारी सुदृढ गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा निर्वाचन तथा होली

सर्वोच्च नेता मारिएपछि इरानी राष्ट्रपतिले के भने ?

काठमाडौं- इजरायल र अमेरिकाले गरेको संयुक्त हमलामा सर्वोच्च नेता मारिएपछि

धनकुटाको पारिछाप्राङका कमलबहादुरको नमूना गाई फार्म

काठमाडौं– पछिल्लो समयमा नेपालमा स्वरोजगार तथा व्यावसायिक सम्भावना नदेखेर धेरै

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातर्फ मतदाता जाने