‘मे दिवसले मात्र श्रमिकका समस्या हल हुँदैनन्’ « Khabarhub

‘मे दिवसले मात्र श्रमिकका समस्या हल हुँदैनन्’


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले वार्षिक रुपमा श्रमिक दिवस मनाएर मात्र श्रममैत्री समाज नबन्ने धारण राखेका छन् ।

आइतबार मे दिवसको अवसरमा श्रम तथा व्यवसायजन्य विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले वार्षिक रुपमा मे दिवस मनाउदाँ श्रमिकको हकहितका लागि कति प्रतिशत काम भयो भनेर देखाउन पर्ने बताए ।

अहिले सरकारले देशभित्र श्रम बजारमा रहेको बेथिति अन्त्य गदै रोजगारीका अवसर निर्माण लागि परेर काम गरिरहेको मन्त्री विष्टले बताए । उनले भने, ‘अगाडी रहेका विद्यार्थीलाई देखाउदै भन्ने विदेश जानका लागि अध्ययन नगर्नु होस देशभित्र केही गर्छु भनेर पढनु होस तँपाईहरुलाई रोजगारी दिलाउन ग्यारेन्टी सरकारले गर्छ । म मन्त्री भएपछि कसैको दवाव र कुरा नसुनी श्रमिकमैत्री समाज बनाउन काम गरिरहेको छु । जसमा सबैले सहयोग गर्नु हुन्छ भनेर विश्वास गदै छु ।’ सरकारले रोजगारी मात्र होइन युवालाई उद्यमी पनि बनाउन नीति लिएरहेको उनको भनाई छ ।

देशमा रोजगारी र श्रमिकलाई व्यवस्थीत गर्ने श्रम र स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति ल्याउने तयारीमा रहेको कार्याक्रममा बोल्दै श्रम सचिव महेश दाहालले बताएका छन् । यस्तै, जिफन्टका अध्यक्ष विनोद श्रेष्टले ट्रेड युनियन पनि श्रमिकका हकहितका लागि लडिरहेको बताए ।

सरकारले श्रमिकका समस्यालाई चासो दिएर काम नगरेको उनको आरोप थियो । रोजगारदाता कम्पनी श्रमिकलाई व्यवस्थीत कसरी काम लगाउने र श्रमिकलाई प्रविधिक युक्त बनाउने भने पक्षमा रहेको रोजगारदाता संघका प्रतिनिधि मोहन कटुवालले बताए ।

विभागले काम सुरक्षा र स्वास्थ्य श्रमिकका लागि भने नाराका मे दिवस मनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ०० बजे

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व