नेपालका ५ जिल्ला चियामा आत्मनिर्भर, वार्षिक ३ अर्बको निर्यात « Khabarhub

नेपालका ५ जिल्ला चियामा आत्मनिर्भर, वार्षिक ३ अर्बको निर्यात



काठमाडौं– आज वैशाख १५ गते अर्थात् चिया दिवस । वि.सं. १९२० सालदेखि नेपालमा चिया खेती शुरु भएको पाइन्छ । चिया खेतीको विस्तारका लागि किसान, उद्योगी र व्यवसायीलाई प्रोत्साहन गराउने उद्देश्यले हरेक वर्ष वैशाख १५ गतेका दिन चिया दिवस मनाइँदै आएको पाइन्छ ।

चिया र कफीका क्षेत्रमा नियमन गर्ने निकायका रुपमा सरकारले हालसम्म मुख्य कार्यलयसहित १२ वटा कार्यालय खोलेको छ । झापास्थित विर्तामोडमा केन्द्रीय कार्यलय र पोखरामा प्रादेशिक कार्यालय रहेका छन् ।

त्यसैगरी इलाममा ३, पाँचथरमा १, तेह्रथुममा १, धनकुटाको हिलेमा १, सोलुखुम्बुको कागेलमा १, प्यूठानको बरडाडामा १ गरी हालसम्म १२ वटा कार्यलय रहेको चिया तथा कफी विकास वोर्डले जानकारी दिएको छ ।

चियाको उत्पादन गुणस्तरीय छ कि छैन ? कति उत्पादन हुन्छ ? उत्पादन के ले निर्धारण गरिरहेको छ ? त्यसलाई कसरी सहजीकरण गर्ने ? किसानहरुका समस्या के के छन् ? यस्ता विषयहरुलाई यी कार्यालयले हेर्दै आएका छन् ।

चिया भिरालो पहाडी क्षेत्रमा उत्पादन हुने नगदे बाली हो । नेपालमा चियाको खेती १ सय ६० वर्ष पहिले इलामबाट शुरु गरिएको पाइन्छ । तर व्यावसायिक रुपमा भने २०२० सालपछि मात्र विस्तार भएको हो ।

झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम गरी ५ जिल्ला चियामा आत्मनिर्भर बनिसकेका छन् ।

यी जिल्लाबाट फैलिएको चिया खेती पछिल्लो समय सिन्धुपाल्चोक, दोलखा, कास्की, नुवाकोट, रामेछाप, ललितपुर, सोलु, संखुवासभा, ताप्लेजुङ जिल्लामा समेत फैलिएको छ । नेपालका ७७ जिल्लामध्ये १२ भन्दा बढी जिल्लामा हाल चिया खेती भइरहेको छ ।

वार्षिक कति उत्पादन ?

नेपालमा उत्पादन हुने चियाको तथ्यांक हेर्दा आर्थिक वर्ष ०७०/७१ मा २ करोड १० लाख, ०७१/७२ मा २ करोड १ लाख, ०७२/७३ मा २ करोड ४२ लाख मेट्रिक टन चिया उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७०/७१ मा २० हजार हेक्टर क्षेत्रफलमा चिया रोपिएको थियो । त्यसैगरी ०७१/७२ मा २६ हजार हेक्टर क्षेत्रफलमा चिया रोपिएको थियो भने ०७२/०७३ मा साढे २७ हजार हेक्टर क्षेत्रफलमा चिया रोपिएको र ०७३/०७४ मा आइपुग्दा २८ हजार हेक्टर क्षेत्रफलमा चिया उत्पादन भइरहेको बोर्डले जनाएको छ ।

चिया निर्यातका क्षेत्रमा हेर्दा आर्थिक वर्ष ०७०/७१ मा ११ हजार ३५७ मेट्रिक टन, ०७१/७२ मा ११ हजार १४५ मेट्रिक टन, ०७२/७३ मा १३ हजार २९० मेट्रिक टन र ०७३/०७४ मा ११ हजार ७४५ मेट्रिक टन चिया निर्यात भइरहेको छ ।

नेपालबाट चिया निर्यात हुने देशहरुमा भारत, पाकिस्तान, बंगलादेश, जर्मन, अमेरिका, जापान रहेका छन् ।

नेपाल चिया खेतीमा आत्मनिर्भर भइसकेको बताउँदै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनाल भन्छन्–‘चियाका क्षेत्रमा हाम्रो उन्नती राम्रो छ, नेपालले वार्षिक ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको छ ।’

साथै नेपालले वार्षिक रुपमा ९ करोड मूल्य बराबरको चिया आयात गरिरहेको समेत उनले बताए । नेपालमै प्रशस्त मात्रामा चिया उत्पादन भइरहेको छ तर नेपालीहरुले विदेशी चिया आयात गरिरहेका छन् ।

आयातमा नेपाल डराउनु पर्ने अवस्था नरहेको खनालको भनाइ छ । ‘विश्वका सामान आउनुपर्छ, आयातलाई प्रतिस्थापन गर्नुहुदैँन, बजार प्रतिस्पर्धात्मक हुनुपर्छ’ निर्देशक खनालले खबरहबसँग कुरा गर्दै भने ।

साना किसानको संलग्नता

चिया खेतीमा धेरै जसो साना किसान संलग्न रहेको पाइन्छ । बोर्डका अनुसार १५ हजारभन्दा बढी साना किसानहरुले चियाबाटै जीविकोपार्जन गरिरहेका छन् ।

चिया खेतीको उत्पादन हेर्दा आर्थिक वर्ष ०७२/०७३ मा साढे २ करोड मेट्रिक टन चिया उत्पादन भएकोमा लगभग १ करोड मेट्रिक टन साना किसानबाटै उत्पादन हुने गरेको निर्देशक खनालले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ०७ बजे

एनपीएलमा विराटनगरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु)

ललितपुर– तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी

‘छ माया छपक्कै २’ को कमाइ तीन करोडमै सीमित, दीपकराज भन्छन्- ‘लगानी सुरक्षित गर्ने प्रयासमा छौँ’

काठमाडौं– दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक