कर्णालीमा अपाङ्गता नीति बनाउने प्रदेश सरकारको तयारी « Khabarhub

कर्णालीमा अपाङ्गता नीति बनाउने प्रदेश सरकारको तयारी


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवा र पहुँच सुनिश्चित गर्न प्रदेशस्तरीय अपाङ्गता नीति निर्माणको तयारी अघि बढाएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले लामो समयदेखि नीतिनिर्माणका लागि पहल भइरहेको र त्यसले छिट्टै सार्थकता पाउने बताइन्।

राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अपाङ्गता समावेशी विकास (डिड) सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिका समस्या, संवेदनशीलता र आवश्यकतालाई प्राथमिकतामा राखेर नीति निर्माण गरिने बताइन्।

उनका अनुसार अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा लिन सहज बनाउन प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालमा दोभाषेको व्यवस्था गर्ने प्रक्रिया पनि अघि बढाएको छ। दुर्घटना तथा विपद्का कारण अपाङ्गताको दर बढ्दै गएको उल्लेख गर्दै उनले अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई बुझेर नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा विगतको तुलनामा केही सुधार भए पनि अपेक्षित काम हुन नसकेको बताए। उनले यस क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन नसकेको उल्लेख गर्दै सडक तथा अन्य भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउन सके धेरै समस्या समाधान हुने धारणा राखे।

राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष नन्दराज धितालले अपाङ्गता भएका व्यक्तिको आवाज राज्यले सम्बोधन गर्नुपर्ने बताए। नीतिमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्रै पनि अपाङ्गता भएका व्यक्तिका धेरै समस्या समाधान हुने उनको भनाइ थियो।

सामाजिक विकास मन्त्रालयका शिक्षा तथा सामाजिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्काले समावेशी विकासका क्षेत्रमा मन्त्रालयले गरेका कामबारे जानकारी गराउँदै अपाङ्गता भएका व्यक्तिका लागि समावेशी शिक्षा आवश्यक रहेको बताए। कर्णालीमा नयाँ संरचना निर्माण गर्दा पहुँचयोग्य बनाउन थालिए पनि सबै भौतिक संरचना अपाङ्गतामैत्री हुन नसकेको उनले उल्लेख गरे।

महासङ्घका प्रदेश व्यवस्थापक आनन्द विष्टले अपाङ्गता अधिकारका क्षेत्रमा महासङ्घले गर्दै आएको पैरवी, बजेट निर्माण तथा कार्यान्वयनका अभ्यास र आगामी प्राथमिकताबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा भेरी बहिरा सङ्घ सुर्खेतकी अध्यक्ष नम्रता भारतीले दोभाषेको अभावमा बहिरा व्यक्तिलाई कर्णाली प्रदेश अस्पतालबाट स्वास्थ्य सेवा लिन कठिनाइ भइरहेको बताइन्। दोभाषे नहुँदा उपचार सेवा नपाएरै फर्किनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अस्पतालले बहिरा सेवाग्राहीको तथ्याङ्क राख्ने र उनीहरूको गुनासो सम्बोधन गर्ने व्यवस्था गर्नुपर्ने माग गरिन्।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : ३९ बजे

पोखरामा दैनिक दुई सयभन्दा बढी पर्यटक प्याराग्लाइडिङमा रमाउँदै

गण्डकी– हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल,

शाहरुख–अनन्तको संवादले विवाद, इन्फ्लुएन्सरलाई ४८ घण्टे अल्टिमेटम

काठमाडौं– एउटा छोटो संवाद, सामाजिक सञ्जालमा फैलिएको रिल र त्यसपछि

कर्णालीमा अपाङ्गता नीति बनाउने प्रदेश सरकारको तयारी

सुर्खेत– कर्णाली प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवा र पहुँच

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ बस्ने पर्सा घर

उत्तर कोरियाले किन गर्‍यो स्विस कूटनीतिज्ञलाई देश निकाला ?

काठमाडौं- उत्तर कोरियाले राजधानी प्योङयाङस्थित स्विट्जरल्याण्डको कूटनीतिक कार्यालयका प्रमुखलाई देश