निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो, सडक दुर्घटनामा परि एक महिनामा पाँच बदेल मरे « Khabarhub

निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो, सडक दुर्घटनामा परि एक महिनामा पाँच बदेल मरे


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज–पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा दुर्घटनामा जनावर मर्ने गरेका हुन् ।

प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा ठक्कर लागेर मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

पथलैयादेखि पूर्वमा तामागढी र उत्तरमा मकवानपुरसम्म फैलिएको सो निकुञ्जमा रहेका जनावरको सुरक्षा चुनौती बढ्दै गएपछि निकुञ्ज प्रशासनले ठाउँठाउँमा चेकपोष्ट राख्ने, विस्तारै गाडी हाँक्न लगाउने, जनचेतना फैलाउने काम गरिनेसमेत बताइएको छ । त्यसैगरी ओहरदोहर गर्ने जनावरको सुरक्षाका लागि सो क्षेत्रमा आकासे पुल बनाउने सोच रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

यसैगरी सेनाद्वारा बनाइरहेको फास्टट्र्याक पनि डिपिआरविना बनिरहेकाले हात्तीलगायतका जनावरलाई ओहोरदोहोर गर्न जोखिम हुने भएकाले त्यसतर्फ पनि निकुञ्ज प्रशासन गम्भीर रहेको बताइएको छ ।

निकुञ्जभित्र रहेको २० दुर्लभ पाटेबाघमध्ये दुई बाघ दुर्घटनामा मरेपछि अहिले निकुञ्जभित्र १८ पाटेबाघ मात्र रहेको छ । सडक दुर्घटनामा चैत महीनामा मात्र पाँच बदेल, चित्तल, बाँदर सवारीसाधनको ठक्करबाट मरेको छ भने वैशाख ५ गते सवारीसाधनको ठक्करबाट एक चित्तल मरेको रेञ्जर प्रकाश पुनले बताए ।

अर्कोतिर निकुञ्जभित्र साउन, माघ र फागुन महीना गरी वर्षमा तीन पटक लाग्ने धार्मिक तथा ऐतिहासिक दुधेश्वरनाथ मेलाको कारण अत्यधिक चाप बढ्नाले दुर्लभ वन्यजन्तुको सुरक्षा चुनौती थपिने गरिन्छ । जनावरकै सुरक्षाको लागि त्यस ठाउँबाट बस्ती हटाइए पनि जवरजस्ती मेला लाग्दा जनावर असुरक्षित हुँदै गएको निकुञ्ज प्रशासनको भनाइ छ । निकुञ्जभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पहिचान भएका पाटेबाघ, हात्ती, गैँडालगायतका दुर्लभ वन्यजन्तु र यसको बासस्थानमा नकारात्मक प्रभाव पर्ने गरेको छ ।

जैविक विविधताले भरिएको पर्सा राष्ट्रिय निकुञ्जमा रहेको लोपोन्मुख जनावर हिँड्न सुरक्षित तथा छोटो बाटो नभएकाले बेलाबेलामा सवारीसाधनको ठक्करबाट जनावर मर्ने क्रम बढ्दै गएको छ भने निकुञ्जभित्र रहेका काठ चोरी, अवैध सिकारी, उद्योगबाट निस्कने रासायनयुक्त धुवाँधुलोले समेत पर्या–प्रणालीमा प्रभाव पार्दा यसले जनावरको जीवनचक्रमा समेत प्रभाव पार्न थालेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १२ : ३५ बजे

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका