दिल्लीको खेल आज, सन्दीप मैदान उत्रिने सम्भावना « Khabarhub

दिल्लीको खेल आज, सन्दीप मैदान उत्रिने सम्भावना


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सले आज रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दैछ । दिल्लीको घरेलु फिरोज शाह कोट्ला मैदामा हुने खेलमा दिल्ली आठौं जीत निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ ।

अहिलेसम्मका ११ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित तेस्रो स्थानमा रहेको छ भने, पहिलो नम्बरमा चेन्नई सुपर किङ्स १६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने मुम्बई इन्डियन्स् समान १४ अंकसहित नेट रनरेटका आधारमा दिल्लीभन्दा अगाडि रहेको छ ।

 

आईपीएल इतिहासमै पहिलो पटक दिल्ली प्लेअफको नजिक पुगेको छ । युवा खेलाडीको भरमा चलिरहेको दिल्ली उत्कृष्ट लयमा रहेको छ भने शुरुवातमा कमजोर प्रदर्शन गरेर कम व्याक गरेको बैंग्लमेर दिल्लीलाई रोक्दै आफ्नो स्तर सुधामा लाग्नेछ ।

 

अहिलेसम्म ४ खेलमात्रै जितेको बैंग्लोर ८ अंकसहित पुछारमा रहेको छ । पछिल्ला ४ खेलमा आक्रामक देखिएका बैंग्लोरका कप्तान कोहलीलाई रोक्नु दिल्लीका लागि मुख्य चुनौति हुनेछ ।

तर, पनि ब्याटिङमा राम्रो लय देखाएको दिल्लीका खेलाडीहरुले राम्रो प्रदर्शन देखाउन सके घरेलु मैदानमा जीत निकाल्दै शीर्ष स्थानमा उक्लिने सम्भावना रहेको छ ।

यता दिल्लीबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ५ खेलमा ९ विकेट बनाएका छन् । सन्दीपले खेलेका प्रत्येक खेलमा विकेट लिए पनि उनले आफ्नो रन नियन्त्रण गर्न सकेका छैनन् । उनले रन नियन्त्रण गर्न नसक्दा दिल्लीबाट ५ खेलमात्रै खेल्ने अवसर पाएका छन् । उनले आजको खेल खेल्न सक्ने सम्भावना रहेको छ ।

पछिल्लो खेलमा उनले किङ्स ११ पञ्जावविरुद्ध ३ विकेट लिएका थिए । जसमा उनी स्टाइलिस खेलाडी पनि बनेका थिए ।

दिल्लीको सम्भावीत टोली

पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, कागिसो रबाडा, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा, सन्दीप लामिछाने

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १ : ५७ बजे

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको