अब देशका सम्पूर्ण तथ्याङ्क अनलाइनबाटै हेर्न मिल्ने « Khabarhub

अब देशका सम्पूर्ण तथ्याङ्क अनलाइनबाटै हेर्न मिल्ने


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब देशका सम्पूर्ण तथ्याङ्क तथा विवरणहरु अनलाइनमार्फत नै प्राप्त गर्न सकिने भएको छ ।

स्थानीय तहको वडादेखि सम्पूर्ण देशको जनसंख्या, बोलिने भाषा, जात–जाति, समूदाय, जीवनस्तर लगायत सबै विवरण अनलाइनबाट नै प्राप्त गर्न सकिने गरी सरकारले अनलाइन डाटा पोर्टल सञ्चालनमा ल्याएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाइन डाटा पोर्टल’को आरम्भ गरेका हुन् ।

केन्द्रीय तथ्यांक विभागले तयार पारेको सो अनलाईन डाटा पोर्टलको वेभ एड्रस (ठेगाना) नेशनलडाटाडट्जीओभीडट्एनपी राखिएको छ ।

संघ, प्रदेश र स्थानीय तहको सबै विवरणहरु एकीकृत रुपमा अनलाइनमार्फत सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ यो अनलाईट पोर्टल संचालनमा ल्याइएको केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

खुला तथ्यांकको सिद्धान्त बमोजिम तथ्यांक तथा सूचनामा सरोकारवालाहरुको पहुँच सुनिश्चित गर्न अनलाइन पोर्टल संचालनमा ल्याइएको केन्द केन्द्रीय तथ्यांक विभागले जनाएको छ । राष्ट्रिय योजना आयोगसँगको निरन्तरको अन्तरक्रियामा आधारित भएर तयार पारिएको सो अनलाइन डाटा पोर्टलले संघ, प्रदेश र स्थानीय तहको तथ्यांकीय तथा सूचना व्यवस्थापनको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

गत मंसीर २१ गते बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले तथ्यमा आधारित तथ्यांक संकलनका लागि आवश्यक पोर्टलको व्यवस्था गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्री ओलीको निर्देशनानुसार नै सो अनलाइन पोर्टल संचालनमा ल्याइएको पनि केन्द्रीय तथ्यांक विभागका महानिर्देशक अर्यालले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ०९ बजे

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त