‘भागवत गीता’ मा अभिनय गर्ने अझै फाइनल भएको छैनः अनमोल केसी « Khabarhub

‘भागवत गीता’ मा अभिनय गर्ने अझै फाइनल भएको छैनः अनमोल केसी


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ यतिबेला प्रदर्शनरत छ ।

नयाँ वर्षको अवसर पारेर गत चैत्र २९ गते प्रदर्शन भएको यो फिल्मले व्यावसायिक रुपमा सफलता हासिल गरेको छ । रिलिज दिनदेखि नै फिल्मले दर्शकको राम्रै साथ पाएको छ । यद्यपि फिल्मले समीक्षात्मक रुपमा भने औसत प्रतिक्रिया पाएको थियो ।

फिल्म हेरेका दर्शकले अनमोल र सुहानाको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् । फिल्म मसालेदार भएकाले पनि दर्शकले यो फिल्म रुचाएका छन् । सोही क्रममा अनमोल र सुहानाको जोडी दोहोरिने भन्दै झरना थापाको निर्देशकीय तेस्रो फिल्म ‘भागवत गीता’ मा अनमोल र सुहानाकै जोडी रहने भन्दै समाचार आइरहेका छन् ।

यता अभिनेता अनमोल केसीले भने फिल्ममा अभिनय गर्ने अझै पक्का नभएको प्रतिक्रिया दिए । ‘अनौपचारिक रुपमा कुरा भएको हो, तर फिल्मको स्किृप्ट नपढी फिल्ममा काम गर्ने भन्न सकिन्न, स्किृप्ट चित्त बुझ्यो भने काम गर्न सकिन्छ ।,’ अनमोलले खबरहबसँग भने ।

यता झरना थापाले भने फिल्ममा अनमोल र सुहानालाई पुनः शीर्ष भूमिकामा अभिनय गराएर अर्को फिल्म निर्देशन गर्ने तयारी गरेकी छिन् । झरनाले ‘भागवत गीता’ बनाउने योजना फिल्म ‘ए मेरो हजुर ३’ भन्दा पहिले नै बनाएकी थिइन् । यसअघि खबरहबसँगको कुराकानीमा उनले ‘ए मेरो हजुर ४’ भन्दा पहिले ‘भागवत गीता’ निर्माण गर्ने बताएकी थिइन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ५० बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,