‘भागवत गीता’ मा अभिनय गर्ने अझै फाइनल भएको छैनः अनमोल केसी « Khabarhub

‘भागवत गीता’ मा अभिनय गर्ने अझै फाइनल भएको छैनः अनमोल केसी


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ यतिबेला प्रदर्शनरत छ ।

नयाँ वर्षको अवसर पारेर गत चैत्र २९ गते प्रदर्शन भएको यो फिल्मले व्यावसायिक रुपमा सफलता हासिल गरेको छ । रिलिज दिनदेखि नै फिल्मले दर्शकको राम्रै साथ पाएको छ । यद्यपि फिल्मले समीक्षात्मक रुपमा भने औसत प्रतिक्रिया पाएको थियो ।

फिल्म हेरेका दर्शकले अनमोल र सुहानाको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् । फिल्म मसालेदार भएकाले पनि दर्शकले यो फिल्म रुचाएका छन् । सोही क्रममा अनमोल र सुहानाको जोडी दोहोरिने भन्दै झरना थापाको निर्देशकीय तेस्रो फिल्म ‘भागवत गीता’ मा अनमोल र सुहानाकै जोडी रहने भन्दै समाचार आइरहेका छन् ।

यता अभिनेता अनमोल केसीले भने फिल्ममा अभिनय गर्ने अझै पक्का नभएको प्रतिक्रिया दिए । ‘अनौपचारिक रुपमा कुरा भएको हो, तर फिल्मको स्किृप्ट नपढी फिल्ममा काम गर्ने भन्न सकिन्न, स्किृप्ट चित्त बुझ्यो भने काम गर्न सकिन्छ ।,’ अनमोलले खबरहबसँग भने ।

यता झरना थापाले भने फिल्ममा अनमोल र सुहानालाई पुनः शीर्ष भूमिकामा अभिनय गराएर अर्को फिल्म निर्देशन गर्ने तयारी गरेकी छिन् । झरनाले ‘भागवत गीता’ बनाउने योजना फिल्म ‘ए मेरो हजुर ३’ भन्दा पहिले नै बनाएकी थिइन् । यसअघि खबरहबसँगको कुराकानीमा उनले ‘ए मेरो हजुर ४’ भन्दा पहिले ‘भागवत गीता’ निर्माण गर्ने बताएकी थिइन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ५० बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको