बैंग्लोरविरुद्ध सन्दीप मैदानमा, प्रदर्शन कस्तो रहला ? « Khabarhub

बैंग्लोरविरुद्ध सन्दीप मैदानमा, प्रदर्शन कस्तो रहला ?


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सले आज रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दैछ । दिल्लीको घरेलु फिरोज शाह कोट्ला मैदामा हुने खेलमा दिल्लीको टिममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका छन् ।

योसँगै सन्दीप दिल्लीबाट छैठौं खेल खेल्दैछन् । सन्दीपको टोली  दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ ।

अहिलेसम्मका ११ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित शीर्ष तेस्रो स्थानमा रहेको छ भने,  चेन्नई सुपर किङ्स १६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने मुम्बई इन्डियन्स समान १४ अंकसहित नेट रनरेटका आधारमा दिल्लीभन्दा अगाडि रहेको छ ।

आईपीएल इतिहासमै पहिलो पटक दिल्ली प्लेअफको नजिक पुगेको छ । युवा खेलाडीको भरमा चलिरहेको दिल्ली उत्कृष्ट लयमा छ भने शुरुवातमा कमजोर प्रदर्शन गरेर कम व्याक गरेको बैंग्लमेर दिल्लीलाई रोक्दै आफ्नो स्तर सुधामा गर्ने लक्ष्यमा रहनेछ ।

पछिल्लो खेलमा सन्दीपले किङ्स ११ पञ्जावविरुद्ध ३ विकेट लिएका थिए । जसमा उनी स्टाइलिस खेलाडी पनि बनेका थिए ।

दिल्लीको टोली
पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, कागिसो रबाडा, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा, सन्दीप लामिछाने

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ५३ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग