‘डिमाण्ड’ प्रमाणीकरणमा दूतावासका कर्मचारीको ‘नजर’, पैसा नलिइ गर्दैनन् सही « Khabarhub

‘डिमाण्ड’ प्रमाणीकरणमा दूतावासका कर्मचारीको ‘नजर’, पैसा नलिइ गर्दैनन् सही


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि म्यानपावर कम्पनीले ल्याएको माग (डिमाण्ड) सम्बन्धित देशका कुटनीतिक नियोगबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

सोही व्यवस्थाअनुसार म्यानपावर कम्पनीहरूले रोजगारदाता कम्पनीबाट माग ल्याएपछि प्रमाणिकरणका लागि दूतावास पुग्ने गरेका छन् । तर प्रमाणीकरण गर्नुपर्ने दूतावासका कर्मचारीले भने म्यानपावर कम्पनीहरूसँग प्रमाणीकरणका लागि रकम माग गर्ने गरेको आरोप वैदेशिक रोजगार व्यवसायीहरुको छ ।

राजदूतावासका कर्मचारीले पैसा नदिए ‘डिमाण्ड’ प्रमाणीकरण गर्न ढिलाइ गरिदिने गरेका व्यवसायीहरुको आरोप छ ।

‘डिमाण्ड’ प्रमाणीकरणलाई नियोगका कर्मचारीले पैसा कमाइ खाने भाँडो बनाएको भन्दै व्यवसायीले सरकारको पटक–पटक ध्यानार्कषण समेत गराएका छन् । डिमाण्ड प्रमाणीकरण गर्दा दूतावासका कर्मचारीले ठूलो रकम माग्ने गरेको भन्दै व्यवसायीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयमा उजुरीसमेत गरेका छन् ।

पछिल्लो पटक साउदीस्थीत नेपाली दूतावासमा कार्यरत उच्च तहका कर्मचारीले ‘डिमाण्ड’ प्रमाणीकरणका लागि परेको आवेदनमा पैसा नलिइ सही नगरेको भन्दै व्यवसायीले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपूतले नै डिमाण्ड प्रमाणीकरणका लागि पैसा लिने गरेको भन्दै व्यवसायीहरूले परराष्ट्र मन्त्रालयमा उजुरी गरेका छन् । यस्तै, राजदूत राजपूतसँगै कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा, प्रमाणीकरण अधिकृत बलराम पाण्डेलगायतका कर्मचारीले डिमाण्ड प्रमाणीकरणका नाममा पैसा लिने गरेको उजुरी परेको परराष्ट्र मन्त्रालय स्रोतले खबरहबलाई जानकारी दिएको छ ।

‘उजुरी परेका कर्मचारीले बाहिर एजेन्ट राखेर पैसा लिने गरेको उजुरी मन्त्रालयमा परेको छ’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने,‘डिमाण्ड प्रमाणीकरणको नाममा रकम कारोबार भइरहेको विषयमा मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।’

डिमाण्डको तह हेरेर दूतावासका कर्मचारीले रकम लिने गरेको आरोप व्यवसायीको छ ।

‘दूतावासका कर्मचारीले डिमाण्डको तह, तलब सुविधा र समय हेर पैसा माग्ने गरेका छन्,’ नाम प्रकाशन नगर्ने शर्तमा एक म्यानपावर व्यवसायीले भने,‘पैसा नदिए डिमाण्डमा सही गर्दैनन् ।’

उनका अनुसार रोजगारदाता कम्पनीबाट डिमाण्ड ल्याएपछि प्रमाणीकरणका लागि आवेदन दिएपछि दूतावासका कर्मचारीले बाहिरका बिचौलियासँग मिलेर पैसा माग्ने गरेको छन् । दूतावासकै कर्मचारीले पैसाका लागि विचौलियासँग मिलेर काम गरीरहेको उनीहरुको आरोप छ ।

म्यानपावर व्यवसायीहरूका अनुसार साउदीस्थित नेपाली दूतावासका कर्मचारीले प्रतिडिमाण्ड ३ देखि ५ सय रियालसम्म लिने गरेका छन् ।

‘पैसा दिने व्यवसायीको काम आवेदन परेको २ घन्टाभित्र हुन्छ । पैसा नदिने व्यवसायीको काम महिना दिनसम्म हुँदैन’ उनले भने, ‘डिमाण्ड प्रमाणीकरणका नाममा राजदूतावासले नै दुःख दिइहेका छन् । यो विषयमा व्यवसायीले श्रम र परराष्ट्र मन्त्रालयको ध्यानार्षण गराएको छ । अनुसन्धान भइरहेको र चाँडै समस्याको समाधान हुने मन्त्रालयले आश्वसान दिएको छ ।’

परराष्ट्र मन्त्रालय स्रोतले यो विषयमा छानविन र गोप्य अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

साउदी मात्र होइन अन्य देशमा पनि समस्या उस्तै रहेको व्यवसायीका भनाइ छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ४ : ३९ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज