तपाईको मिर्गौलामा पत्थरी भएको त छैन ? यसरी थाहा पाउनुस् « Khabarhub

तपाईको मिर्गौलामा पत्थरी भएको त छैन ? यसरी थाहा पाउनुस्


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाले शरिरका हानीकारण पदार्थलाई वाहिर फ्याक्ने र काम लाग्ने तत्वहरुलाई विभिन्न सम्बन्धित अंगमा पठाउने काम गर्छ ।

मिर्गौलामा हुने पत्थरी मानिसहरुको कमन समस्या जस्तै भएको छ । पत्थरीको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ ।

अस्वस्थ्यकर जीवनशैली र असन्तुलित खानपानका कारण मानिसहरुमा पत्थरीको समस्या बढ्दै गएको छ । पछिल्लो समय मिर्गौलामा पत्थरी भएका बिरामीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मिर्गौलामा पत्थरी हुनुको निश्चित कारण हुँदैन । हावापानी तथा वातावरणको प्रभावले पनि मिर्गौलामा पत्थरी हुनसक्छ । तपाईको परिवारमा कुनै सदस्यालाई मिर्गौलामा पत्थरी भएको छ भने तपाईमा पनि पत्थरी हुने सम्भावन हुन्छ ।

मिर्गौलामा पत्थरी भएमा पिसाब नलीमा विभिन्न फोहोर अड्किन थाल्छ । जसले गर्दा थप संक्रमण देखा पर्छ र मिर्गौला नै फेल हुन जान्छ ।  जसले गर्दा मुटुलगायत शरिरका अन्य भागमा समेत गम्भीर असर पुग्छ ।

मिर्गौलामा पत्थरी हुने कारण

–नुनको बढी सेवन गर्ने बानी छ भने त्यसलाई परिवर्तन गर्नुस् । नुनको बढी प्रयोग गर्दा पत्थरी बन्ने प्रक्रिया छिटो हुन्छ ।

–मोटोपनको समस्या

–अत्याधिका मात्रामा माछा मासु र गेडागुडीको सेवन गर्ने व्यक्तिमा प्रोटिन बढी भइ पत्थरी हुनसक्छ ।

– विभिन्न खालका औषधीको सेवनलेसमेत पत्थरीको समस्या हुन्छ । जस्तो की थाइराइड, क्याल्सीयमजस्ताको अत्याधिक औषधी सेवनले पत्थरीको समस्या निम्त्याउँछ ।

– शरिरमा हुने विभिन्न खालका संक्रमणका कारण पनि पत्थरी हुनसक्छ ।

–पानी कम पीउने मानिसमा पत्थरी हुने जोखिम हुन्छ ।

– बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ ।

गर्मीमा मिर्गौलामा पत्थरी हुने सम्भावना बढी

गर्मी मौसममा बस्ने मानिसलाई पत्थरीको समस्या बढी हुन्छ । गर्मीका कारण मानिसको शरीरबाट धेरै पसिना बग्छ । शरीरमा पानीको कमी भएमा पिसावबाट विकार पदार्थ निस्कन पाउँदैन । जुन मिर्गौला मै थिग्रिएर बस्छ र पत्थरको रुपमा विकास हुन्छ ।

पत्थरी भएको कसरी थाहा पाउने ?

– पत्थरीको समस्या भएमा कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन्छ ।

– पिसाब फेर्न गाह्रो हुन्छ ।

– पिसाबमा रगतसमेत देखा पर्न थाल्छ ।

–ज्वरो आउँछ

– वाकवाक लाग्छ ।

–वान्ता हुने लगायतका लक्षणहरु देखिन्छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : ५० बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित