एएफसी यू-१९ महिला च्याम्पियनसिपमा नेपाल पराजित « Khabarhub

एएफसी यू-१९ महिला च्याम्पियनसिपमा नेपाल पराजित


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाली टोलीले लगातार दोस्रो हार व्यहोरेको छ ।

म्यानमारमा जारी प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको नेपाली टोली आइतबार उज्वेकिस्तानसंग ४–० गोल अन्तरले पराजित भएको हो ।

म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा भएको खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । नेपालविरुद्ध उज्वेकिस्तानकी कुर्बोनोभा शानोजाले २१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

यस्तै, खेलको ६७ औं मिनेटमा शानोजाले व्यक्तिगत दोस्रो गोल गर्दै उज्वेकिस्तानको अग्रता २–० को अवस्थामा पुर्याइन् भने ७४ औं मिनेटमा राशिदोभा तोजिनिसोखोनले र ७८ औं मिनेटमा खोजिभाले गोल गर्दै उज्वेकिस्तानलाई ४–० को जित दिलाए ।

शुरुवाती २ खेल खेलेको नेपाली टोली लगातार २ हार व्येहोरेसँगै अर्को चरणको सम्भावना कमजोर भइसकेको छ ।

यसअघि पहिलो खेलमा अस्ट्रेलियासँग ११–१ गोल अन्तरले पराजित भएको नेपालले अन्तिम खेल मंगलबार म्यानमारसँग खेल्नेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : ५४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका