बीआरआईले नेपालमा लगानीको ढोका खोलेको छ : राष्ट्रपति भण्डारी « Khabarhub

बीआरआईले नेपालमा लगानीको ढोका खोलेको छ : राष्ट्रपति भण्डारी


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले यसबाट फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गरेकी छन् ।

उनले नेपालमा हाल कार्यरत बहुराष्ट्रिय कम्पनीले लगानीबाट नाफा कमाइरहेको र यसबाट नेपाल लगानीका लागि आकर्षक गन्तब्य हो भन्ने पुष्टि भएको पनि उल्लेख गरिन् ।

नेपाल चीन व्यापार तथा व्यवसाय मञ्च (नेपाल चाइना ट्रेड एण्ड बिजनेस फोरम) मा आइतबार राष्ट्रपति भण्डारीले लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत सुधार गरिएको र वैदेशिक लगानी सहजीकरणका लागि चाँडै एकल विन्दू केन्द्र कार्यान्वयन गरिने र कर प्रणाली उद्धार र अनुमान योग्य बनाइने जानकारी दिइन् ।

उनले नेपालले सफलतापूर्वक लगानी सम्मेलन आयोजना गरेको र उक्त सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको उल्लेख गर्दै नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र चीनबाट पयर्टक सङ्ख्या गुणात्मक रुपमा वृद्धि होस् भन्ने चाहेको बताइन् ।

उनले नेपाल र चीन मित्रता र सहयोगको लामो इतिहास बोकेको छिमेकी मित्र भएको तथा भूगोल, संस्कृति र परम्पराले दुई देशका जनतालाई जोडेको तथा चीन नेपालको सबैभन्दा विश्वासिलो तथा भरपर्दो विकास साझेदार भएको र नेपालको सामाजिक विकास प्रयासमा चीन सरकार तथा जनता निरन्तर सर्मथन र सहयोग दिएको उल्लेख गरिन् ।

उनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा दुई मुलुकको सम्बन्ध सञ्चालन हुँदै आएको र एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धता बलियो र अटल भएको तथा नेपाली भूमि चीनविरोधी गतिविधि हुन नदिइने कुराको सुनिश्चित गर्न नेपालले ठोस कदम चालेको जानकारी दिइन् ।

उनले नेपालमा लगानीमैत्री वातावरण भएको राजनीतिक स्थायीत्वले नीतिगत स्थिरता दिई लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गरेको, विकासका चुनौती ठूला र बहुआयामिक भएको, मुलुक प्राकृतिक स्रोतले भरिपूर्ण भए पनि विकासका सम्भावित लाभ लिन पर्याप्त भौतिक स्रोत साधन र प्रविधिको नभएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोगको आवश्यक भएको बताइन् ।

मञ्चमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनले तुलनात्मक रुपमा छोटो समयमा अभूतपूर्व विकास गरेको र गरीबीबाट समृद्धतर्फ गएको बताउँदै नेपालले यसलाई प्रशंसाको रुपमा हेरेको बताइन् । चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र सबैभन्दा ठूला व्यापार साझेदार तथा विदेशी लगानीकर्तामध्ये एक भएको उनले बताइन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद्का पूर्वअध्यक्ष जियाङ जेङवी, चीनको वाणिज्य मन्त्रालयका एशिया विभागका निर्देशक पेङ गाङ, चिनियाँ व्यापारिक शेयर बजार (चाइना कमरसियल स्टक इन्टरप्राइजेज) का संयुक्त आर्थिक समिति (इकोनोमिक ज्वाइन्ट कमिटी) का अध्यक्ष वाङ फुकिङ, सिङघुवा विश्वविद्यालयका बेल्ट एण्ड रोड पोर्टलका निर्देशक सी जिसिन, रेलवे इन्टरनेशनलका उपाध्यक्ष वाङ लिजी, हुआजियान इन्टरनेशनल ग्रुपका झाङ हुवारोङ, चाइना रेलवे फस्र्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्यूटका झु लिजेङले आफ्नो धारणा व्यक्त गरेका थिए ।

साथै लगानी बोर्डका महाप्रसाद अधिकारी, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रिजका राजेश काजी श्रेष्ठ, कन्फेडरेशन अफ नेपाली इन्डस्ट्रिजका अध्यक्ष सतिशकुमार मोरेले पनि आफ्नो धारणा राखेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले ‘नेपाल अ ल्याण्ड अफ अबण्डन्ट् अपरचुनिटी’ पुस्तकको विमोचन गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : ११ बजे

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं– वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध