सातदोबाटो-लगनखेल क्षेत्रका घरटहरा भत्काउन जब डोजर पुग्यो | Khabarhub Khabarhub

सातदोबाटो-लगनखेल क्षेत्रका घरटहरा भत्काउन जब डोजर पुग्यो


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा सडक मिचेर तथा मापदण्ड विपरित बनाइएका घर तथा टहरामा डोजर चलाइएको छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आइतबारबाट घर टहरमा भत्काउन शुरु गरेको हो ।

सशस्त्र प्रहरीको सहयोगमा आयोजनाले ती घरहरुमा प्रशासनको डोजर परिचालन गरी घर भत्काएको छ ।  आइतबार डोजरले सडक आसपासका घरका झ्याल ढोका तथा सटरमा हानेर घरका स्वरुप बिगारेको छ ।

सडक विस्तारका लागि प्रशासनले पहिले नै भत्काउन घरधनीहरुलाई ताकेता गर्दा पनि उनीहरुले नभत्काएपछि आइतबार डोजर परिचालन गरिएको जनाइएको छ ।

उपत्यका विकास प्राधिकरण ललितपुरका प्रमुख आयुक्त दिनेश पोतेले क्षतिको पहिचान गरी सबैलाई क्षतिपूर्ति रकम उपलब्ध गराइने बताए ।  केही घरधनीले भने पहिले नै रकम लिइसकेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ०३ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका