ललितपुर– ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा सडक मिचेर तथा मापदण्ड विपरित बनाइएका घर तथा टहरामा डोजर चलाइएको छ ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आइतबारबाट घर टहरमा भत्काउन शुरु गरेको हो ।
सशस्त्र प्रहरीको सहयोगमा आयोजनाले ती घरहरुमा प्रशासनको डोजर परिचालन गरी घर भत्काएको छ । आइतबार डोजरले सडक आसपासका घरका झ्याल ढोका तथा सटरमा हानेर घरका स्वरुप बिगारेको छ ।
सडक विस्तारका लागि प्रशासनले पहिले नै भत्काउन घरधनीहरुलाई ताकेता गर्दा पनि उनीहरुले नभत्काएपछि आइतबार डोजर परिचालन गरिएको जनाइएको छ ।
उपत्यका विकास प्राधिकरण ललितपुरका प्रमुख आयुक्त दिनेश पोतेले क्षतिको पहिचान गरी सबैलाई क्षतिपूर्ति रकम उपलब्ध गराइने बताए । केही घरधनीले भने पहिले नै रकम लिइसकेको समेत उनले जानकारी दिए ।
प्रतिक्रिया