कांग्रेसद्वारा नीति तथा कार्यक्रम अघि प्रि-बजेट छलफलको माग | Khabarhub Khabarhub

कांग्रेसद्वारा नीति तथा कार्यक्रम अघि प्रि-बजेट छलफलको माग


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै विरोध जनाएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सरकारले बजेट अधिवेशनमा सिधै नीति तथा कार्यक्रम ल्याउन लागेको र त्यो पारित गरेपछि मात्र प्रि बजेट छलफल गराउने भन्ने सरकारको धारणा आएको भन्दै विरोध गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले पहिला प्रि बजेट छलफल हुनुपर्ने र त्यसपछि नीति कार्यक्रम ल्याई सोहीअनुसार मात्र बजेट ल्याउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

सरकारले प्रि बजेट छलफल अघि नीति कार्यक्रम ल्याएर जनप्रतिनिधिका धारणालाई नजरअन्दाज गर्न खोजेको उनको आरोप थियो । सङ्घीय संसद्कोे बजेट अधिवेशन यही वैशाख १६ गतेदेखि प्रारम्भ हुँदैछ ।

यसअघि बजेट अधिवेशनमा पहिले प्रि बजेट छलफल हुने गरेको र त्यसमा जनप्रतिनिधिले धारणा राखेपछि ती धारणा, सुझाव सल्लाहलाई बजेटमा समेटिने गरिएको प्रमुख सचेतक खाणले बताए ।

बैठकले स्थानीय र प्रदेश सरकारका प्रतिनिधिले सङ्घीय सरकारले संविधानअनुसार अधिकार नदिएको गुनासो गरेको भन्दै आगामी नीति तथा कार्यक्रम र बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका अधिकारअनुसार ल्याउन माग गरेको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ५५ बजे

पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण

ललितपुर– बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा

अस्थिरताको चक्र तोड्न दलहरू गम्भीर भएर समीक्षा गर्न आवश्यक : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले संविधानमा रहेका छिद्र (लुप

आर्थिक समृद्धिको लागि केही कानून संशोधन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश

अमेरिकामा आँधीका कारण हजारौँ उडान रद्द

एजेन्सी – संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार

समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय