कांग्रेसद्वारा नीति तथा कार्यक्रम अघि प्रि-बजेट छलफलको माग | Khabarhub Khabarhub

कांग्रेसद्वारा नीति तथा कार्यक्रम अघि प्रि-बजेट छलफलको माग


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै विरोध जनाएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सरकारले बजेट अधिवेशनमा सिधै नीति तथा कार्यक्रम ल्याउन लागेको र त्यो पारित गरेपछि मात्र प्रि बजेट छलफल गराउने भन्ने सरकारको धारणा आएको भन्दै विरोध गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले पहिला प्रि बजेट छलफल हुनुपर्ने र त्यसपछि नीति कार्यक्रम ल्याई सोहीअनुसार मात्र बजेट ल्याउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

सरकारले प्रि बजेट छलफल अघि नीति कार्यक्रम ल्याएर जनप्रतिनिधिका धारणालाई नजरअन्दाज गर्न खोजेको उनको आरोप थियो । सङ्घीय संसद्कोे बजेट अधिवेशन यही वैशाख १६ गतेदेखि प्रारम्भ हुँदैछ ।

यसअघि बजेट अधिवेशनमा पहिले प्रि बजेट छलफल हुने गरेको र त्यसमा जनप्रतिनिधिले धारणा राखेपछि ती धारणा, सुझाव सल्लाहलाई बजेटमा समेटिने गरिएको प्रमुख सचेतक खाणले बताए ।

बैठकले स्थानीय र प्रदेश सरकारका प्रतिनिधिले सङ्घीय सरकारले संविधानअनुसार अधिकार नदिएको गुनासो गरेको भन्दै आगामी नीति तथा कार्यक्रम र बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका अधिकारअनुसार ल्याउन माग गरेको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ५५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र