भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार « Khabarhub

भोटेकोशी बाढी: ४१ पुल ध्वस्त, भारत र चीनसँग बेलिब्रिज माग्दै सरकार


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा जोडिने करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

बाढीले वेत्रावती-मैलुङ हुँदै स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडकखण्ड ठप्प पारेको हो । यस्तै गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक पनि बन्द छ ।

पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडकखण्ड लेदोले ढाकिएको छ । अहिले लेदो पन्छाएर यातायात सुचारु गराउने कार्यलाई प्राथमिकतामा राखिएको सडक विभागले जनाएको छ ।

बाढीले नेपाल-चीन जोड्ने प्रमुख नाका क्षेत्रका ४१ वटा पुल पूर्ण रूपमा ढालेको छ । सरकारसँग अहिले ५० मिटरसम्म लम्बाइका ७ वटा मात्रै बेलिब्रिज मौज्दात छन् । आवश्यकता र सम्भाव्यता अध्ययन गरी ती बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ । बाँकी क्षतिग्रस्त स्थानका लागि भारत र चीन सरकारले तत्काल बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सडक सञ्जालमा जोड्ने गरी द्रुत गतिमा काम अघि बढाइएको छ । जसका लागि वेत्रावतीमा बेलिब्रिज हाल्ने तयारी छ । वेत्रावतीसम्मको सडक नखुलेसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था छैन ।

सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारी १० र निजी क्षेत्रका १० गरी २० वटा भारी उपकरण परिचालन गरिएको छ।

सरकारले क्षति भएका सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ६ : ३७ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी