रहेनन् चर्चित संगीतकार बिजु बज्र « Khabarhub

रहेनन् चर्चित संगीतकार बिजु बज्र


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – लोक संगीतको क्षेत्रमा निरन्तर क्रियाशील गुल्मेली संगीतकार तथा सर्जक बिजु ब्रजको निधन भएको छ । बज्रको हृदयाघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पचासको दशकमा निकै लोकप्रिय संगीतकार बज्रले दर्जनौँ चर्चित गीतमा संगीत दिएका छन् । पाँच वर्षअघि पनि बज्रलाई दुईपटक हृदयाघात भएको थियो । हृदयाघात भएपछि उनलाई तत्कालै काठमाडौंको सिभिल हस्पिटल पु–याइएको थियो ।

उनले झरी परिरह्यो मनमा थामिँदैन आँसु, बिस्तारै छायो आँखामा अँध्यारो, तिमी मभन्दा कोषौँ टाढा छौ, परेवाको जोडी उडेको देख्दा, तिम्लाई सम्झिँए लगायतका चर्चित गीतमा संगीत दिएका छन् । बज्र गुल्मी कलाकार समाज, काठमाडौंका प्रथम उपाध्यक्ष रहेर पनि संगीत क्षेत्रमा सक्रिय थिए ।

गुल्मीमा जन्मेका ब्रजलाई संगीत क्षेत्रका कलाकारले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : १९ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल