विश्वकप क्रिकेट: कोहलीको कप्तानीले भारतलाई ट्रफी दिलाउला ? | Khabarhub Khabarhub

विश्वकप क्रिकेट: कोहलीको कप्तानीले भारतलाई ट्रफी दिलाउला ?



काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेट शुरु हुन २ दिनमात्रै बाँकी छ । इङ्ग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आयोजना गरेको विश्वकप क्रिकेले अहिले सवै क्रिकेट प्रशंसकको ध्यान त्यसतर्फ केन्द्रित बनाएको छ ।

विश्वकप क्रिकेटको उपाधि कुन टेलीले उचाल्ला ? कुन टोली कति बलियो ? क्रिकेट प्रशंसकहरुबीच अहिले यही विषयमा बढी चर्चा हुन्छ । १० टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपमा सबै टोली ट्रफीका लागि उत्तिकै अब्बल छन् । तर, मे ३० देखि जुलाई १४ सम्म चल्ले प्रतियोगितामा जुन टोलीले आफूलाई अब्बल र बलियो रुपमा प्रस्तुत गर्न सक्छ त्यसैले १२ औं संस्करणको ट्रफी उचाल्नेछ ।

विश्वकपमा सफल टोली अस्ट्रेलियासँगै इङ्ग्ल्यान्ड विश्वकपमा भारतीय क्रिकेट टोलीलाई पनि उपाधिको दाबेदार टोलीका रुपमा हेरीएको छ । तर, पनि भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले इङ्ग्ल्यान्ड विश्वकप २०१९ आफ्नो टोलीका लागि निकै चुनौतिपूर्ण रहेको प्रतिक्रिया यसअघि नै दिइसकेका छन् । विश्वकपका ११ वटै संस्करण खेलेको भारत यतिबेला इङ्ग्ल्यान्ड र वेल्स विश्वकपको ट्रफीका लागि बलियो दाबेदार टोलीका रुपमा हेरिएको छ ।

तर, विश्वकपका लागि इङ्ग्ल्यान्डमा रहेको भारतीय टोलीले विश्वकप वार्म अप खेलमा भने न्युजिल्यान्डसँग हार व्यहोरेको छ । विश्वकप उपाधि उचाल्ने लक्ष्यसहित इङ्ग्ल्यान्ड पुगेको भारत न्यूजिल्यान्डसँग पराजित भएपछि कतिपयले भारतका लागि विश्वकपको यात्रा चुनौतीपूर्ण रहेको विश्लेषण पनि गरेका छन् ।

तर, वार्म अप खेलकै आधारमा भारतीय टोली कमजोर वा बलियो भन्नु भन्दा पनि पछिल्लो समय भारतले खेलेका एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको नतिजाले पनि भारतलाई चुनौती रहेको देखाउँछ ।  पछिल्लो समय भारतमै भएको ५ खेलको अस्ट्रेलियासँगको एकदिवसीय शृङ्खला ३–२ ले पराजित भएको भारत त्यसअघि न्यूजिल्यान्डविरुद्धको ५ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ४–१ ले जितेको थियो । तर, विश्वकपको मुखैमा न्युजिल्यान्डसँगको खेल ६ विकेटले पराजित भएको थियो ।

विश्वकप उपाधिको होडमा सवै टोली रहे पनि यो विश्वकपमा सबैभन्दा बलियो टोलीका रुपमा आयोजक इङ्ग्ल्यान्ड र अस्ट्रेलियालाई हेरिएको छ । तरपनि भारतीय टोलीमा अनुभवी खेलाडीदेखि युवा खेलाडीको राम्रो संयोजन भएकाले विश्वकप आफ्नो पक्षमा पार्न सक्ने सम्भावना बलियो पनि देखिन्छ ।

विश्वकपमा भारतको विगत

सन् १९७५ देखि शुरु भएको विश्वकप क्रिकेटमा पहिलो संस्करण देखि नै सहभागी भारतले अहिलेसम्म २ पटक मात्रै जितेको छ । इङ्ग्ल्यान्डमै आयोजना भएको तेस्रो संस्करणको विश्वकपमा भारतले पहिलो पटक उपाधि उचालेको थियो । तत्कालीन भारतीय टोलीको कप्तानी कपील देवले गरेका थिए ।

त्यस्तै, भारतले त्यसपछिका प्रतियोगितामा आफूलाई बलियोरुपमा प्रस्तुत गरेपनि दोस्रो उपाधिका लागि भने २४ वर्ष कुर्नु परेको थियो । भारतका लागि दोस्रो उपाधि भने घरेलु मैदानमै भएको प्रतियोगिताले दिलाएको थियो ।
सन् २०११ मा भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको विश्वकप क्रिकेट मुम्बईमा भएको थियो । उक्त विश्वकपको फाइनल खेलमा आयोजक भारतले अर्को आयोजक श्रीलंकालाई ६ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको थियो ।

घरेलु मैदानमा भारतलाई उपाधि दिलाउन महेन्द्रसिंह धोनीले कप्तानी गरेका थिए । अनुभवी तथा प्रभावशाली खेलाडीको पहिचान बनाएका धोनी इङ्ग्ल्यान्ड विश्वकपमा पनि टोलीमा रहेको हुँदा भारतले पुनः उपाधि उचाल्नेमा भारतीय क्रिकेट खेलाडी आशातित छन् ।

तत्कालीन कप्तान महेन्द्रसिंह धोनीले अहिले भने कप्तानी अर्का प्रभावकारी ब्याट्सम्यान विराट कोहलीलाई सुम्पिएका छन् । सन् २०१४ मा धोनी आफैले भारतको कप्तानी गरेपनि सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको थिएन ।

विराटको काँधमा भारतीय टोली

सन् २०१७ मा तत्कालीन कप्तान महेन्द्रसिंह धोनी इन्जुरीका कारण राष्ट्रिय टोली बाहिर रहेपछि कप्तानीको जिम्मेवारी सम्हालेका विराट कोहली त्यसयता भारतीय टोलीका नियमित कप्तान हुन् । विराट कोहली बर्तमान विश्व क्रिकेटका शीर्ष वरियताका ब्याट्सम्यान हुन् । उनी टेस्ट र एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटका सफल खेलाडी पनि हुन् ।

विश्व क्रिकेटमा २ सय ५ इनिङ एकदिवसीय क्रिकेट खेल्दै १० हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनेका कोहलीको जिम्मेवारीमा भारतलाई विश्वकप ट्रफी दिलाउनु पर्ने चुनौती धेरै छन् । ती चुनौती चिर्दै उपाधि चुम्न भारतीय खेलाडी आतुर पनि देखिन्छन् ।

विश्वकप खेल्न इङ्ग्ल्यान्ड जानु अघि कप्तान कोहलीले इङ्ग्ल्यान्ड विश्वकप आफूहरुका लागि चुनौतिपूर्ण रहेको बताएका थिए । ‘फर्म्याटले पनि यो विश्वकप निकै चुनौतीपूर्ण छ । सबै टोली राम्रा छन्,’ उनले भने,‘२०१५ पछि अफगानिस्तानले पनि आफूलाई प्रमाणित गरिसकेको छ । त्यस्तै अरु टोलीले पनि । हामी आफनो तर्फबाट राम्रो खेल्छौं ।’

टोली धोनी र कोहलीको ट्यूनिङ

विश्वकप क्रिकेट खेल्ने टोलीका महत्वपूर्ण खेलाडी कुलदीप यादवले पूर्व कप्तान महेन्द्रसिंह धोनी र कप्तान विराट कोहली दुवै जनाबाट उत्प्रेरणा पाइरहेको बताएका छन् । उनले कप्तान कोहलीबाट आत्मविश्वास र धोनीबाट स्वतन्त्र रुपमा खेल्न हौसला पाएको बताएका छन् ।
यो सँगै यादवले भारतीय टोली कोहलीको नेतृत्वमा भएकाले पनि भारतले ट्रफी उचाल्ने बताएका छन् । मध्ये क्रमका ओभर निकै महत्वपूर्ण हुने भएकाले आफू र युज्भेन्द्र चहालले सम्हालियर खेल्ने यादवले बताएका छन् ।

विश्वकप खेल्ने भारतीय टोली

विराट कोहली ( कप्तान), शिखर धवन, रोहित शर्मा, विजय शंकर, हार्दिक पाण्ड्या, केदार ज्यादव, रविन्द्र जडेजा, कुर्नल लोकेस राहुल, महेन्द्रसिंह धोनी, दीनेश कार्तीक, कुलदीप यादव, मोहम्मद शामी, जस्प्रीत बुम्राह, भुवनेश्वर कुमार, युज्भेन्द्र चहाल

विश्वकपमा सहभागी टोली

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ९ : ०६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०