चट्याङ लागेर १८ वर्षे सुनिलको मृत्यु « Khabarhub

चट्याङ लागेर १८ वर्षे सुनिलको मृत्यु


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करीब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नर्फकिएपछि घरपरिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा सोमबार राति ११ बजे इन्द्रबहादुर थापाको खेतमा मृतावस्थामा भेटिएपछि प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ ।

खबरलगत्तै भोर्लेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको थियो । चट्याङ लागेर मृतक साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए ।

उनका अनुसार शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ । आज साँखीको शव परीक्षण हुने प्रहरीले जनाएको छ । मृतक साँखीले मङ्गला माध्यमिक ११ कक्षाको परीक्षा दिएर बसेका थिए । त्यस्तै सोही स्थानकै स्थानीय कृष्णप्रसाद बगालेको एउटा राँगो चट्याङ लागेर मरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ९ : २३ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ