निर्दयी आमा– खुकुरीले घाँटी रेटेर ३ वर्षीय छोराको हत्या « Khabarhub

निर्दयी आमा– खुकुरीले घाँटी रेटेर ३ वर्षीय छोराको हत्या


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भनिन्छ, आमाका लागि आफ्नो प्राणभन्दा पनि सन्तान प्यारो लाग्छ । तर, भोजपुरमा एक आमाले भने आफ्नो ३ वर्षीय छोराको विभत्स हत्या गरेकी छन् ।

जिल्लाको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भएकी एक २५ वर्षीया आमाले ३ वर्षीय छोराको खुकुरीले घाँटी रेटेर हत्या गरेकी हुन् ।

हाल भोजपुर नगरपालिका– ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सम्झनाले आफ्ना ३ वर्षीया छोरालाई अचानोमा राखेर दुई टुक्रा पारिदिएकी छन् । स्थानीयले भने सम्झनाको मानसिक अवस्था ठीक नभएको बताएका छन् ।

प्रहरीले सम्झनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  १० : ५१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको