टाइगर श्राफसँगको सम्बन्धका बारेमा दिशाले बोलिन् खास कुरा | Khabarhub Khabarhub

टाइगर श्राफसँगको सम्बन्धका बारेमा दिशाले बोलिन् खास कुरा


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – दिशा पटानी र टाइगर श्राफ सधै आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहने गर्छन् । दुवैले एकसाथ पार्टी या इभेन्टमा आफ्नो उपस्थिति देखाउने गर्छन् । अझै पनि यी दुईले आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेका छैनन् ।

दिशालाई एक फ्यानले सोधे, ‘आखिर टाइगर श्राफसँगको सम्बन्धको बारेमा किन चुप हुन्छौ ?’  यी दुईले एक जोडीका रुपमा एक अर्कालाई माया गर्ने गरेको बाहिर हल्ला चल्ने गर्छ ।

यो बारेमा दिशाले एक अन्तर्वार्तामा बताइन् । उनले भनिन्, ‘टाइगरलाई प्रभाव पार्न निकै मुस्किल छ, मैले वर्षौँदेखि उनलाई प्रभाव पार्ने कोशिश गरिरहेकी छु, तर अझैसम्म सफल भएकी छैन ।’

दिशाले टाइगरलाई प्रभावमा पार्न खोजेको तर आफू सफल नभएको बताएकी छिन् । उनले फिल्म ‘भारत’ मा एक स्टन्ट गरेको र त्यो देखेर टाइगर प्रभावित हुने आशा राखेको पनि बताइन् । दिशाले अहिले आफूलाई भाग्यले पनि साथ नदिएको बताइन् । र, उनले टाइगरसँग खाना खाँदैमा उनी प्रभावित भएको भन्न नमिल्ने पनि बताइन् ।

दिशा रिलिजको क्रममा रहेको फिल्म ‘भारत’ मार्फत दर्शकमाझ आउँदैछिन् । उक्त फिल्ममा सलमान खान, सुनील ग्रोबर, क्याटरीना कैफ पनि छन् । यता टाइगरले अभिनय गरेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ ले भने खासै सफलता हासिल गर्न सकेन ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ११ : २७ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने