टाइगर श्राफसँगको सम्बन्धका बारेमा दिशाले बोलिन् खास कुरा « Khabarhub

टाइगर श्राफसँगको सम्बन्धका बारेमा दिशाले बोलिन् खास कुरा


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – दिशा पटानी र टाइगर श्राफ सधै आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहने गर्छन् । दुवैले एकसाथ पार्टी या इभेन्टमा आफ्नो उपस्थिति देखाउने गर्छन् । अझै पनि यी दुईले आफ्नो सम्बन्धको बारेमा खुलेर बोलेका छैनन् ।

दिशालाई एक फ्यानले सोधे, ‘आखिर टाइगर श्राफसँगको सम्बन्धको बारेमा किन चुप हुन्छौ ?’  यी दुईले एक जोडीका रुपमा एक अर्कालाई माया गर्ने गरेको बाहिर हल्ला चल्ने गर्छ ।

यो बारेमा दिशाले एक अन्तर्वार्तामा बताइन् । उनले भनिन्, ‘टाइगरलाई प्रभाव पार्न निकै मुस्किल छ, मैले वर्षौँदेखि उनलाई प्रभाव पार्ने कोशिश गरिरहेकी छु, तर अझैसम्म सफल भएकी छैन ।’

दिशाले टाइगरलाई प्रभावमा पार्न खोजेको तर आफू सफल नभएको बताएकी छिन् । उनले फिल्म ‘भारत’ मा एक स्टन्ट गरेको र त्यो देखेर टाइगर प्रभावित हुने आशा राखेको पनि बताइन् । दिशाले अहिले आफूलाई भाग्यले पनि साथ नदिएको बताइन् । र, उनले टाइगरसँग खाना खाँदैमा उनी प्रभावित भएको भन्न नमिल्ने पनि बताइन् ।

दिशा रिलिजको क्रममा रहेको फिल्म ‘भारत’ मार्फत दर्शकमाझ आउँदैछिन् । उक्त फिल्ममा सलमान खान, सुनील ग्रोबर, क्याटरीना कैफ पनि छन् । यता टाइगरले अभिनय गरेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ ले भने खासै सफलता हासिल गर्न सकेन ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ११ : २७ बजे

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक