पहिलो पटक रजस्वला हुँदा देखिने समस्या के-के हुन् ? « Khabarhub

पहिलो पटक रजस्वला हुँदा देखिने समस्या के-के हुन् ?


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रजस्वला किशोरी अवस्थााबाट शुरु हुन्छ । साधारणतया १० देखि १५ वर्षसम्मका किशोरीहरुमा रजस्वला शुरु हुन्छ भने ४५ देखि ५५ वर्षको उमेरमा रजस्वला बन्द हुन्छ । महिनावारी हुनु भनेको महिलाहरु प्रजनन गर्न सक्ने उमेर वा गर्भवती हुन सक्ने उमेरमा प्रवेश भएको अवस्थाको संकेत पनि हो । महिलाहरुको डिम्बाशयबाट इस्ट्रोजन तथा प्रोजेस्टोरोन हर्मोनहरु उत्पादन हुन्छ ।

पाठेघरको भित्री तहमा यसकको प्रभावद्धारा विस्तारै बढ्दै जान्छ र पाठेघरको तह बाक्लो हुन्छ । करिब १४ दिनमा डिम्बाशयबाट एक डिम्ब निस्किन्छ र उक्त डिम्ब परिपक्क भएको डिम्ब शुक्रकीटबाट निसेचित भएमा गर्भ रहन्छ तर यदि निसेचित नभएमा गर्भ रहँदैन र सो तहको कुनै प्रयोजन हुँदैन ।

त्यसपछि डिम्बासयबाट उत्पादन हुने हर्मोनह पाठेघरको भित्री तहमा तुहिन्छ । यसरी भित्री तह तुहिएर रगत आउँछ जसलाई रजस्वला भनिन्छ ।

पहिलो पटक रजस्वला हुँदा यस्तो समस्या देखिन सक्छ

पहिलो पटक रजस्वला भएका किरोशीहरुमा योनीबाट रक्तश्राव हुन्छ । कोही किशोरीमा बढी रक्तश्राब हुन्छ भने कसैमा कम पनि हुनसक्छ । रजस्वला हुँदा महिलाहरुको तल्लो पटे तथा ढाड दुख्ने समयस्या हुन्छ । यस्तै रजस्वलाको समयमा अल्छिपना आउने, टाउको दुख्ने, रिङ्गाटा लाग्ने, खान मन नलाग्ने समस्याहरु आउँछ ।

कतिपय किशोरीहरुलाई रजस्वलाको समयमा मानसिक तनाव पनि हुनसकछ । यस्ता समस्याहरु धेरैजस्तो आफै ठीक हुन्छ । विशेषगरी पहिलो पटक रजस्वाला भएका किशोरीहरुमा रजस्वला सम्बन्धी ज्ञानको कमीले उनीहरुको मनस्थितिमा प्रभाव पार्ने गर्छ । रजस्वालको समयमा हुने सामाजिक तथा धार्मिक कुराले पहिलोपटक रजस्वला भएकी किशोरीमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले रजस्वला हुने उमेरमा पुगेकी किशोरीहरुलाई रजस्वलासम्बन्धि ज्ञान र परामर्श दिनुपर्छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १ : ०६ बजे

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी– गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ

नेताबीच जुहारी होइन, आत्मसमीक्षा गरौँ : याेगेश

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका माथिल्लो तहका

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन