लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिने २ जना पक्राउ « Khabarhub

लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिने २ जना पक्राउ


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


पोखरा– यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गराइदिने भन्दै घुस लिने सरकारी कर्मचारी र एक व्यवसायी पक्राउ परेका छन् ।

हेभि इक्विपमेन्ट कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इन्स्टिच्यूट पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ परेको हो ।

दुवै जनालाई घुस लिइसकेको अवस्थामा पोखरा महानगरपालिका–१७ ड्यामसाइडस्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ११ : ४५ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ