मन्दिर बनाउँदा पनि भ्रष्टाचार, २ जना सबइन्जिनियरविरुद्ध मुद्दा दर्ता « Khabarhub

मन्दिर बनाउँदा पनि भ्रष्टाचार, २ जना सबइन्जिनियरविरुद्ध मुद्दा दर्ता


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– तनहुँमा एक मन्दिर निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जना प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति)को कार्यालय तनहुँका सबइन्जिनियर खगेन्द्र खवास र ब्यास नगरपालिकाका प्राविधिक सबइन्जिनियर निर्मल वाग्लेविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

तनहुँको कालिका शहीद शान्ति पार्क निर्माणको लागि आएको रकम हिनामिना भएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरु त्यसमा उनीहरुको ‘संलग्नता’ देखिएको अख्तियारको दाबी छ ।

कालिका मन्दिर निर्माण कार्यको सिलसिलामा लाग अनुमान बमोजिमको काम भए नभएको जाँचबुझ गरी प्रतिबेदन बुझाउनुपर्नेमा उनीहरुले निर्माणसँग सम्बन्धित विषयमा नभएका काम पनि उल्लेख गरेर प्रतिवेदन बुझाएको अख्तियारको दाबी छ ।

अख्तियारदे दुवैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (१९) को उपदफा (२) बमोजिम कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ९ : १२ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ