बंगलादेश र भुटान जाने नेपालीको राहदानीमा प्रस्थान छाप अनिवार्य, भारत जाँदा नपर्ने « Khabarhub

बंगलादेश र भुटान जाने नेपालीको राहदानीमा प्रस्थान छाप अनिवार्य, भारत जाँदा नपर्ने


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– स्थालमार्ग हुँदै भारत जाने नेपालीहरुको राहदानीमा प्रस्थान छाप नलगाउन सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ । पछिल्लो समय भारत जाने नेपालीहरुको राहदानीमा सीमा क्षेत्रमा रहेका अध्यागमन विभागका शाखा कार्यलयहरुले छापा लगाउन थालेपछि अध्यागमन विभागले उक्त कार्य रोक्ने विज्ञप्ती जारी गरेको छ ।

नेपालबाट रोजगारी तथा  अन्य कामका लागि भारत जादाँ पनि विगत केही महिनादेखि अध्यागमन प्रहरीले केही ठाउँमा राहदानी खोज्ने र प्रस्थान छापा लगाउँदै आएको थियो । सानो कामका लागि भारत जाँदा पनि प्रहरीले राहदानी र अन्य कागतजागत खोज्न थालेपछि सवसाधरणले सास्ती भएको भन्दै सरकारको ध्याषर्कण गराएका थिए ।

राहदानीमा प्रस्थान छापा नलगाइ भारत जान रोक लगाउन थालेपछि सीमा क्षेत्रका नागारिकले समस्या भएको भन्दै यो कार्य रोक्न माग गर्दै आएका थिए । काकरभिट्टा, पशुपतिनगर, विरानगर, वीरजञ्ज, बेलहिया, जमुनाहा, मोहना (कैलाली) र गड्डाचौकी नाका हुँदै भारत जाने नेपालीको राहदानी माग्ने तथा प्रस्थान छाप लगाउने काम नगर्न अध्यागमन विभागले मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

यसैगरी भुटान र बंगालादेश जाने नेपालीका हकमा भने अनिवार्य रुपमा प्रस्थान छाप लगाए मात्र जाने अनुमति दिन विभागले सीमा क्षेत्रका कार्यलयलाई निर्देशन दिएको छ । पछिल्लो समय रोजगारी अन्य कामका लागि नेपालीहरु भारत हुँदै बंगलादेश र भुटान जाने क्रम बढेपछि विभागले अनिवार्य राहदानी र प्रस्थान छाप लगाउनु पर्ने व्यवस्था गरेको जनाएको छ ।

यो भन्दा अगाडी बंगलादेश र भुटान जाने नेपालीले आफनो परिचय खुल्ने नागरिकता तथा परिचयपत्र बोकेर जाने गरेको थिए । अब भने राहदानी र प्रस्थान छाप अनिवार्य गरिएको अध्यागमनले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ३ : २८ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति