काठमाडौं–तराईं द्रुत मार्ग अबको ३ वर्षमा तयार हुने « Khabarhub

काठमाडौं–तराईं द्रुत मार्ग अबको ३ वर्षमा तयार हुने


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कार्यमा तीव्रता दिइएको पनि सेनाको भनाइ छ ।

सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् द्रुतमार्ग परियोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले आयोजनाको कामलाई तीव्रताका साथ अगाडि बढाइएकाले तोकिएकै समयमा सम्पन्न हुने बताए ।

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनको कार्यप्रगति विवरण सुनाउँदै खाँणले भने, ‘आयोजनाको काम समयमै सम्पन्न गर्ने गरी निर्माण कार्य तीव्रताका साथ अगाडि बढाइएको छ ।’

आयोजना प्रमुख खाँणले २०६९ सालको असोज महिनाभित्र फास्ट ट्र्याकको सबै काम सम्पन्न हुने खाँणको दाबी थियो । खाँणले निर्धारित समयमै काम सम्पन्न गर्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रि निर्माण व्यवसायीहरुलाई काममा परिचालन गरिएको पनि बताए ।

खाँणका अनुसार फास्ट ट्र्याकमा अहिले पुल निर्माणको काम पनि शुरु भइसकेको छ । यस्तै सुरुङमाग निर्माण हुने खण्डमा केही रुख कटान गर्नुपर्ने भएकाले उक्त काम पनि शुरु गरिएको खाँणको भनाइ छ ।

१० करोड रुपैयाँको लागतमा फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको खाँणले बताए । हाल उक्त प्रतिवेदन स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरिएको खाँणको भनाइ थियो ।

फास्ट ट्र्याकमा पर्ने ६ सय ५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकी रहेको उल्लेख गर्दै खाँणले जग्गा अधिग्रहणको कामलाई पनि अगाडि बढाइने बताए ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले डीपीआर तत्काल स्वीकृत गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिकी सभापति दिलकुमारी रावल थापाले सो आयोजनाको कामलाई तोकिएकै समयमा सम्पन्न हुने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको विस्तृत परियोजना प्रतिवेदन स्विकृत गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिइन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ४ : ०३ बजे

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध