पीएम कप क्रिकेट: तेस्रो जीतसँगै आर्मी समूह ‘बी’ को शीर्ष स्थानमा « Khabarhub

पीएम कप क्रिकेट: तेस्रो जीतसँगै आर्मी समूह ‘बी’ को शीर्ष स्थानमा


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हात पारेको छ । प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको २९१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ३५ ओभर १ बलमा सबै विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो । कर्णालीका सुशान्त थापाले ३१ रन, ललित प्याखुरेलले २८ रन, दिवान पुनले २६ रन र युनिस सिंहले २० रन बनाए । कर्णालीविरुद्ध आर्मीका बलरहरुले उत्कृष्ट बलिङ गरे । आर्मीका सुशान भारीले ४ विकेट लिए भने करण केसी र सहाव आलमले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा पुरा खेल्दै ९ विकेट गुमाएर २९० रनको योगफल बनाएको थियो । आर्मीका लागि तीन जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे । ओपनिङ ब्याट्सम्यान राजु रिजालले ६६, रोहित कुमार पौडेलले ५६ रन बनाउँदा अर्का ओपनिङ ब्याट्सम्यान हरिकृष्ण झाले ५२ रन बनाए ।

आर्मीविरुद्ध कर्णालीका ललित प्याकुरेलले ५ विकेट लिएका थिए । तीनवटै खेललगातार जीतेको आर्मी समूह ‘बी’ मा ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : १२ बजे

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी