म्याच फिक्सिङको आरोपमा खेलाडी प्रहरीको फन्दामा « Khabarhub

म्याच फिक्सिङको आरोपमा खेलाडी प्रहरीको फन्दामा


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व चर्चित फुटबल लिग ‘ला लिगा’मा म्याच फिक्सिङ भएको आरोपका स्पेन प्रहरीले खेलाडीहरुलाई पक्राउ गरेको छ । सन् २०१८–०१९ को सिजनमा भएका विभिन्न खेलमा म्याच फिक्सिङ भएको पाइएपछि प्रहरीले बर्तमानसहित केही पूर्व खेलाडीहरुलाई पनि पक्राउ गरेको जनाएको छ।

ला लिगाले ८ वटा खेलमा म्याच फिक्सिङ भएको भन्दै पक्राउ परेकाहरुलाई कारबाहीका प्रक्रिया अघि बढाएको हो । म्याच फिक्सिङको उजुरी परेपछि स्पेन प्रहरीले अनुसन्धान थालेको थियो । जसबाट दुई डिभिजनका बर्तमान खेलाडीदेखि पूर्व खेलाडीको संलग्नता रहेको भेटिएको हो । स्पेनको एलप्रियडिको नामक सञ्चारमाध्यमले म्याच फिक्सिङमा संलग्नहरुको सूची सार्वजनिक गरेको छ । ‘मे २०१८ मा भएका खेलहरुमा फिक्सिङको आरोपसहित स्पेनका अधिकारीहरुले प्रहरीमा रिपोर्ट गरेका थिए’- ला लिगाका प्रवक्ताले भने ।

प्रहरीले छुट्टै संयन्त्र बनाएर फुटबललाई गलतरुपमा प्रयोग गर्न खोज्नेहरुलाई पक्राउ गरी कारबाहीका लागि सिफारिस गरेकोमा ला लिगाले विज्ञप्ति जारी गर्दै प्रहरीको कामको प्रशंसा गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : २२ बजे

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा

धर्मेन्द्र बास्तोला र सुनिल साह रिहा

काठमाडौँ- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र दुर्गा प्रसाईँ नेतृत्वको

निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री–वितरणमा रोक

महेन्द्रनगर– कञ्चनपुरमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण एवं सेवनन रोक लगाएको