नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो « Khabarhub

नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ। तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी। पछिल्लो एक सातामा तरकारी र फलफूल बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएको नयाँ पत्रिकामा खबर छ ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन्। ‘विषादी परीक्षणका लागि भनेर भन्सार पास गरेका तरकारी र फलफूलका ट्रक रोकिएका छन्,’ उनले भने, ‘सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा अहिले व्यवसायी मर्कामा परेका छन्। अहिलेको प्रचण्ड गर्मीमा ट्रकभित्र तीन–चार दिनसम्म खाँदिएको तरकारी र फलफूल आधी त कुहिएरै नास हुन्छ।’

नाकामा रहेका तरकारीका केही कन्टेर भारततिरै फर्किएको उनले बताए। ‘नेपालपट्टि ल्याएर पनि जाँचपास गरी समयमै हिँडाउन समस्या हुने बुझेपछि भारतीय सीमावर्ती क्षेत्रबाटै कन्टेनर फर्काइएको छ,’ उनले भने, ‘फर्काइएका कन्टेनर व्यवसायीले भारतीय बजारमै घाटा खाएर बिक्री गरेका छन्।’ उनले भैरहवा, वीरगन्ज र काँकडभिट्टा नाकाबाट भित्रिन लागेका कन्टेनर फर्काएर करिब चार सय टन तरकारी भारतमै बिक्री गरेको बताए। व्यवसायीका अनुसार हाल भारतबाट आलु, प्याज, कागती, ठूलो गोलभेँडा, तितेकरेला, भेँडेखुर्सानी, काँक्रो, परबललगायत तरकारी आयात भएका छन्।

बुटवल कृषिउपज थोक बजारका अध्यक्ष कलाधर पन्थीले नाकामै चेकजाँच हुनुपर्ने बताए । उनले भने,’आयात गरिने तरकारी र फलफूलको विषादी जाँच अनिवार्य गर्नु राम्रो हो। यस्तो परीक्षण १० वर्ष पहिलेदेखि गरेको भए उपभोक्ताको स्वास्थ्यमा धेरै फाइदा हुन्थ्यो। ढिलै भए पनि सुरु भएको छ। तर, अहिले पूर्वाधार र कर्मचारीको व्यवस्थाविना नै विषादी परीक्षण गर्ने काम भइरहेको छ। परीक्षण गर्न स्याम्पल बोकेर काठमाडौं लैजानुपर्छ। त्यसका लागि प्रतिकिलो ८४ पैसा बढी मूल्य तिर्नुपर्ने अवस्था छ। अझ तीन दिनसम्म ट्रक होल्ड गर्दा व्यवसायीको खर्च बढ्छ, आधाजसो तरकारी कुहिन्छ। त्यसको असुल पनि व्यापारीले उपभोक्ताबाटै गर्ने हुन्। त्यसैले चेकजाँच अनिवार्य गर्नुपर्छ, तर नाकामै।’

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : ४५ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।