वास्तवमा स्वस्थ शरीर नै मानिसको सवैभन्दा ठूलो धन हो । शरीर स्वस्थ राख्न मानिसहरुले अनेक उपाय अपनाइरहेका हुन्छन् । घण्टौं व्यायाम गर्नेदेखि विभिन्न किसिमका डाइट खाने गरिन्छ । तरपनि मानिसले आफ्नो जीवनशैलीलाई स्वस्थ बनाउन सकिरहेको हुँदैन ।
क्यानडामा हालै भएको एक अध्ययनले घन्टौं व्यायामको साटो दैनिक केवल आधा घन्टाको व्यायामले पनि शरीर तन्दुरुस्त हुने देखाएको छ । त्यो पनि सातामा ६ दिन गरे हुन्छ । यसले मानिसको उमेर बढ्ने समेत अध्ययनले देखाएको छ ।
आधा घन्टाको शारीरिक गतिविधिले तपाईं आफूलाई स्वस्थ महसुस गर्न सक्नु हुन्छ । जसको कुनै साइड इफेक्ट हुँदैन । चिकित्सा क्षेत्रको प्रसिद्ध म्यागेजिन लसेन्टमा प्रकाशित एक अध्ययन रिपोर्ट अनुसार सातामा ६ दिन आधा घन्टाको व्यायाम गर्दा मुटु सम्बन्धी समस्या र कम उमेरमै हुने मृत्युको जोखिम कम हुने उल्लेख छ ।
उक्त अध्ययन रिपोर्टका अनुसार शारीरिक गतिविधि अन्तर्गत जिम जानु, कार्यस्थलको लागि पैदल हिँड्नु र घरको काम समावेश छन् ।
अनुसन्धानकर्ताले १७ देशका एक लाख ३० हजार मानिसमाथि अवलोकन गरेका थिए । जसमा भारतका २४ हजार मानिस सहभागि थिए । अध्ययन टोलीको प्रमुख तथा क्यानडाको सेन्ट पल्स अस्पतालका प्रोफेसर स्कट लियरका अनुसार व्यायामले हृदय रोगको खतरालाई कम गर्ने बताए ।
अध्ययनमा सहभागि भारतीय अनुशन्धानकर्ता र मद्राश डायबीटिज रिसर्च फाउन्डेशनका उपाध्यक्ष डा.आरएम अन्जानाले भारतको परिप्रेक्षमा उक्त अध्ययन निकै प्रासंगिक भएको बताइन् ।
‘डब्लूएचओ’का अनुसार १८ देखि ६४ वर्ष उमेर समूहकाले सातामा कम से कम एक सय ५० मिनेटसम्म मध्यम किसिमको ऐरोविक गर्नुपर्छ । यसका साथै कम से कम दुई पटक मांसपेशीलाई बलियो बनाउने किसिमको व्यायाम गर्नुपर्छ ।
प्रतिक्रिया