अध्ययनले देखायो- दैनिक आधा घण्टा व्यायाम गरे उमेर बढ्छ ! « Khabarhub

अध्ययनले देखायो- दैनिक आधा घण्टा व्यायाम गरे उमेर बढ्छ !


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वास्तवमा स्वस्थ शरीर नै मानिसको सवैभन्दा ठूलो धन हो । शरीर स्वस्थ राख्न मानिसहरुले अनेक उपाय अपनाइरहेका हुन्छन् । घण्टौं व्यायाम गर्नेदेखि विभिन्न किसिमका डाइट खाने गरिन्छ । तरपनि मानिसले आफ्नो जीवनशैलीलाई स्वस्थ बनाउन सकिरहेको हुँदैन ।

क्यानडामा हालै भएको एक अध्ययनले घन्टौं व्यायामको साटो दैनिक केवल आधा घन्टाको व्यायामले पनि शरीर तन्दुरुस्त हुने देखाएको छ । त्यो पनि सातामा ६ दिन गरे हुन्छ । यसले मानिसको उमेर बढ्ने समेत अध्ययनले देखाएको छ ।

आधा घन्टाको शारीरिक गतिविधिले तपाईं आफूलाई स्वस्थ महसुस गर्न सक्नु हुन्छ । जसको कुनै साइड इफेक्ट हुँदैन । चिकित्सा क्षेत्रको प्रसिद्ध म्यागेजिन लसेन्टमा प्रकाशित एक अध्ययन रिपोर्ट अनुसार सातामा ६ दिन आधा घन्टाको व्यायाम गर्दा मुटु सम्बन्धी समस्या र कम उमेरमै हुने मृत्युको जोखिम कम हुने उल्लेख छ ।

उक्त अध्ययन रिपोर्टका अनुसार शारीरिक गतिविधि अन्तर्गत जिम जानु, कार्यस्थलको लागि पैदल हिँड्नु र घरको काम समावेश छन् ।

अनुसन्धानकर्ताले १७ देशका एक लाख ३० हजार मानिसमाथि अवलोकन गरेका थिए । जसमा भारतका २४ हजार मानिस सहभागि थिए । अध्ययन टोलीको प्रमुख तथा क्यानडाको सेन्ट पल्स अस्पतालका प्रोफेसर स्कट लियरका अनुसार व्यायामले हृदय रोगको खतरालाई कम गर्ने बताए ।

अध्ययनमा सहभागि भारतीय अनुशन्धानकर्ता र मद्राश डायबीटिज रिसर्च फाउन्डेशनका उपाध्यक्ष डा.आरएम अन्जानाले भारतको परिप्रेक्षमा उक्त अध्ययन निकै प्रासंगिक भएको बताइन् ।

‘डब्लूएचओ’का अनुसार १८ देखि ६४ वर्ष उमेर समूहकाले सातामा कम से कम एक सय ५० मिनेटसम्म मध्यम किसिमको ऐरोविक गर्नुपर्छ । यसका साथै कम से कम दुई पटक मांसपेशीलाई बलियो बनाउने किसिमको व्यायाम गर्नुपर्छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ७ : ४८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता