‘अयोग्यता’ को बिल्ला हटेपछि ‘माननीय’ दंग « Khabarhub

‘अयोग्यता’ को बिल्ला हटेपछि ‘माननीय’ दंग


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन् र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुगिन तर उनलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो–औपचारिक शिक्षा । यो समस्या अब हल भएको आजको नेपाल समाचार पत्रमा खबर छ ।

पटकपटक संसद्मा पुगिसकेकी उनलाई कसैले ‘माननीयको शैक्षिक योग्यता कति’ भनेर प्रश्न गर्ने्बित्तिकै मन झसंग हुन्थ्यो र उनीसँग दिने जवाफ नै हुँदैन्थ्यो । तर, बिहीबारदेखि भने उनको यो अयोग्यता हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै उनको शैक्षिक योग्यता पनि अब एसईई उत्तीर्ण भएको छ ।

यो बर्ष छोरी विणुसँगै एसईई दिएकी शान्ताले २.६५ जीपीएसहित ‘बी’ ग्रेडमा उत्तीर्ण गरेकी छिन् । खुला विद्यालयअन्तर्गत दाङको महेन्द्र मावि तुलसीपुरबाट परीक्षा दिएकी शान्ताले अंग्रेजी, नेपाली र सामाजिकमा ‘बी’, शिक्षामा ‘बी प्लस’ तथा गणित, विज्ञान, स्वास्थ्य र अर्थशास्त्रमा ‘सी प्लस’ गरी समग्रमा ‘बी’ ग्रेडमा उत्तीर्ण गरेकी छिन् । छोरी विणुले भने ‘बी प्लस’ ग्रेड ल्याएकी छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : १५ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका