कोरियन भाषाको नतिजा प्रकाशित, १२ हजार ९ उत्तीर्ण (पास हुनेको सूचीसहित) | Khabarhub Khabarhub

कोरियन भाषाको नतिजा प्रकाशित, १२ हजार ९ उत्तीर्ण (पास हुनेको सूचीसहित)


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।

सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो ।

सार्वजनिक भएको नतिजा अनुसार औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना उत्तीर्ण भएको इपीएस शाखा कार्यालय ग्वार्कोले जनाएको छ ।

औद्योगिक क्षेत्रमा छुट्याइएको कोटाभन्दा धेरै परीक्षार्थी पास भएका छन् भने, कृषि तथा पशुपालनमा भने कोटा भन्दा थोरै मात्र परीक्षार्थी पास भएका छन् ।

परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् ।

कोरिया भाषा परीक्षामा पास हुने परीक्षार्थीको सूची हेर्नुहोस्

कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो ।

परीक्षाको नतिजा हेर्न यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन पालन गर्नुहोस् । परीक्षाको नतिजा थाहा उनका लागि तपाईंको जन्ममिति तथा पार्सपोर्ट नम्बर आवश्यक पर्छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १२ : ३० बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र