जुम्ल्याहा दाजुभाइ ‘लब र कुश’ले बनाए नेपाली बोल्ने रोबोट « Khabarhub

जुम्ल्याहा दाजुभाइ ‘लब र कुश’ले बनाए नेपाली बोल्ने रोबोट


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलका जुम्ल्याहा दाजुभाइ लव पन्थी र कुश पन्थीले नेपाली भाषामा कुराकानी गर्ने रोबोट बनाएका छन् । उनीहरुले रोबोटलाई ‘लवकुश मार्स’ नाम दिएका छन् । मार्सको अर्थ मंगल ग्रहमा हिँड्ने रोबोट हो। त्यसकै प्रभावमा रहेर उनीहरूले यो रोबोट तयार गरेको बताएका छन् ।

जुम्ल्याहा दाजुभाइले एक वर्षअघिमात्रै गो–गो रोबोट बनाएका थिए। जसले अंग्रेजी भाषा बोल्थ्यो। एक वर्षको प्रयासपछि मार्स तयार भएको हो। एसईई परीक्षा दिएपछिको समयमा उनीहरूले यो रोबोट तयार पारेका हुन्। दाजुभाइ बुटवलको नवीन औद्योगिक माविमा पढ्छन्। यो रोबोटले मानिसको पहिचान समेत गर्छ। ‘यो रोबोट गो–गोभन्दा फरक छ। बनोट र गतिविधि नै फरक पारेका छौं’, लवले भने।

रोबोटमा पाइथन प्रोग्रामिङ ईन ल्याङवेजद्वारा बनाइएको लुकु सफ्टवेयर प्रयोग गरिएको छ। रोबोटमा हाईभोल्टेज मोटर, हाईस्पीड प्रोसेर, एल्मुनियम पनि प्रयोग गरिएको छ। दाजुभाइले यो रोबोटको ‘प्याटेन्ट राइट’लाई उद्योग विभागमा दर्ता गराएका छन्। ‘यो प्याटन्ट गरेपछि अरू कसैले पनि नेपालकै पहिलो नेपाली बुझ्ने रोबोट भनेर दाबा गर्न सक्दैनन्’, कुशले भने।

नेपाली भाषा बोल्ने रोबोटले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंग पत्ता लागउने, शब्द उच्चारण गर्छ। यो रोबोट पांग्राको मद्दतले हिड्ने गराइएको छ। ‘ रोबोटलाई सपिङ मल, बैंकमा सुरक्षागार्डका रूपमा प्रयोग गर्न सकिन्छ’, कुशले भने।

१६ वर्षीया दाजुभाइले सानै उमेरबाट रोबोटको सपना बुनेका थिए। त्यसको पहिलो सफलता गतवर्षमात्रै मिलेको थियो। गो–गो निर्माणमा आफ्नै खर्च जुटाएका उनीहरूले मार्स निर्माणमा भने सहयोग पाएका छन्। पाँच लाखमा तयार भएको मार्स निर्माणमा बुटवल उपमहानगरले एक लाख सहयोग गरेको थियो।

जुम्ल्याहा दाजुभाइले आधुनिक रोबोट बनाएर व्यवसायिक काममा प्रयोग गर्ने सोच बनाएका छन्। रोबोटबाटै सडक किनारमा कफी र जुस बेच्ने योजना उनीहरूको छ। ‘सडकमा रोबोटको माध्यमबाट जुस, कफी बिक्री गर्ने योजना बनाएका छौं’, कुशले भने।

गो–गो रोबोट बनाएपछि उनीहरू कपिलवस्तुमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मान पाएका थिए। गो–गो रोबोट बुटवलमा भएको क्यान ईन्फोटेकमा समेत प्रर्दशनमा राखिएको थियो। ‘नेपालमै आधुनिक रोबोट बन्छन भन्ने प्रमाणित गर्ने सोच छ, सकेसम्म मेहनत गछौं, पन्थी दाजुभाइले भने। अन्नपूर्णबाट साभार ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ८ : ३९ बजे

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,