चक्रपथ विस्तार हुँदै : १८ सय रुख काटिने, ग्रीनरी र डिभाइडर राखिने | Khabarhub Khabarhub

चक्रपथ विस्तार हुँदै : १८ सय रुख काटिने, ग्रीनरी र डिभाइडर राखिने



काठमाडौं–कलंकी-महाराजगन्ज सडकखण्ड अब भने फराकिलो र आकर्षक देखिने भएको छ। ४ लेनको सडकलाइ चीन सरकारले ८ लेनको बनाइदिने भएपछि यो सडकले मुहार फेर्ने भएको छ।

प्र्रधानमन्त्री केपी शर्मा ओली ०७२ सालमा चीन भ्रमणमा गएका बेला पुरै चक्रपथ विस्तारको सहमति भएको थियो। चीन सरकारको शत प्रतिशत अनुदानमा विस्तार हुने यो सडकको काम आगामी पुसबाट शुरु हुनेछ। चीनले नै वि.सं. २०२७ सालमा ४ लेनको रिङरोड सडक निर्माण गरेको थियो।

चीनले २७ किलोमिटर पुरै (चक्रपथ) रिङरोड लाइ ८ लेनको बनाइदिने सम्झौता गरेको थियो। यसअघि चीनले कोटेश्वर-कलंकी सडक विस्तार गरी नेपाललाइ हस्तान्तरण गरिसकेको छ।

त्यसका लागि ३ चरणमा काम विभाजन गरिएको थियो। जसअन्तर्गत पहिलो चरणमा चीनले १० दशमलव ३९ किलोमिटर कलंकी कोटेश्वर सडकलाइ ८ लेनको बनाइसकेको छ।

दोस्रो चरण अन्तर्गत कलंकी-महाराजगञ्ज सडक छ। जुन सडक ८ दशमलव २ किलोमिटर छ। कोटेश्वर कलंकी सडकको काम सकिएसँगै चीनले कलंकी महाराजगञ्ज सडक शुरु गर्ने भनेको थियो।

चीन सरकारले सो खण्ड विस्तारका लागि करिब ६ अर्ब बजेट लाग्ने अनुमान गरेको छ। विस्तार शुरु गरेको ४ वर्षभित्र लक्ष्य रहेको आयोजनाले जनाएको छ।

डीपीआर धमाधम

८ दशमलव २ किलोमिटर कलंकी-महाराजगन्ज चक्रपथ विस्तार परियोजनाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) को काम धमाधम भइरहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ।

चीन सरकारले अहिले कलंकी-महाराजगञ्ज सडकको डीपीआरको काम धमाधम गरिरहेको र दशैं अघि नै सकिने आयोजनाका योजना प्रमुख अमृतमणि रिमालले खबरहबलाइ जानकारी दिए।

डीपीआर सकिएपश्चात चीन र नेपाल सरकार बसेर केही छलफल हुने बताउँदै रिमालले भने ‘छलफलपछि तत्काल सडक विस्तार कार्य शुरु हुनेछ’।

संरचना हटाउन आग्रह

‘अहिले डीपीआरसँगै अन्य काम पनि अघि बढेको छ’ उनले भने ‘सडकको मध्य भागबाट ३१ मिटरभित्रका भौतिक संरचना हटाउन सम्बन्धित निकायलाइ आग्रह गरिसकेका छौँ’।

१५ दिनभित्र संरचना हटाउन आग्रह गर्दै आयोजनाले २४ जेठमा सुचना प्रकाशन गरेको थियो। सुचना अनुरुप संरचना नभत्काए स्थानीय निकायसँग समन्वय गरेर भत्काउने समेत सुचनामा उल्लेख गरिएको थियो।

‘विद्युत प्राधिकरण, वन विभाग, खानेपानी लिमिटेडलाइ हामीले पत्राचार गरिसेका छौँ’ खबरहबसँग कुरा गर्दै रिमालले भने ‘सबै निकायले धमाधम काम गरेमा सडक विस्तार कार्य छिट्टै शुरु हुनेछ’।

१८ सय रुख काटिने

सडक विस्तारका क्रममा १८ सय वटा रुख काट्नुपर्ने भएको छ। ‘सडकका छेउमा रुखहरु मैलाएर जंगल जस्तै भएका छन्’ उनले भने ‘सडकको मुख्य भागबाट ३१ मिटर भित्रका रुखहरु काट्नका लागि बन विभागलाइ पत्रचार गरिसकेका छौं’।

साथै सडकको किनारामा प्रशस्त मात्रामा बिजुलीका पोल रहेकाले त्यसलाइ ३१ मिटर भन्दा पर सार्न विद्युत प्राधिकरण समक्ष अनुरोध गरेको उनले बताए।

ग्रीनर र डिभाइडर राखिने

चीन सरकारले बनाएको चक्रपथ सडकखण्ड अन्तर्गत पर्ने कोटेश्वर-कलंकी सडकखण्डमा ग्रीनर (बोटबिरुवा) राखिएको छैन।

तर अब विस्तार हुने कलंकी-महाराजगञ्ज सडकखण्डमा भने ग्रीनर राखिने भएको छ। जुन ग्रीनर हामीले बबरमल-बानेश्वर र कोटेश्वर-भक्तपुर सडकखण्डमा देख्ने गरेका छौँ। साथै यो सडकमा डिभाइडर पनि राखिनेछ। जसले दुर्घटना कम गर्न मद्धत पुर्‍याउँछ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ९ : ४४ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले