फ्राइडे रिलिज – दयाहाङको ‘आप्पा’ र ऐतिहासिक फिल्म  ‘कीर्तिपुर’ हलमा « Khabarhub

फ्राइडे रिलिज – दयाहाङको ‘आप्पा’ र ऐतिहासिक फिल्म  ‘कीर्तिपुर’ हलमा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिनेमा घरमा दुई चलचित्र रिलिज भएका छन् । नेपालभरका हलमा दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ र ‘कीर्तिपुर’ प्रदर्शनमा आएका छन् ।

चलचित्र ‘आप्पा’ मा बाबुछोराको सम्बन्धलाई देखाइएको छ भने आजै रिलिज भएको चलचित्र ‘कीर्तिपुर’ तत्कालीन राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गर्दाको कथालाई फिल्ममा उनिएको छ ।

‘आप्पा’ मा दयाहाङ राई, सिद्धार्थ राज तामाङ, तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्की लगायतका कलाकारको शीर्ष भूमिका छ । अनमोल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले बिहीवार गरेको प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको थियो ।

यस्तै ऐतिहासिक विषयवस्तुमा निर्माण गरिएको फिल्म ‘कीर्तिपुर’ मा यशराज गराज, हिसिला महर्जन, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ ।

अनन्तकुमार श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : १३ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना