‘जाइरा’ को गीतमा नम्रता र अनुपको चुम्बन (भिडियो) « Khabarhub

‘जाइरा’ को गीतमा नम्रता र अनुपको चुम्बन (भिडियो)


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ को गीत सार्वजनिक गरिएको छ । ‘आँखैले बोल्छ’ बोलको रोमान्टिक गीत राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

बिहीवार आयोजित कार्यक्रममा अभिनेता अनुपविक्रम शाही र नम्रता श्रेष्ठले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

सन्तोष लामाको स्वर रहेको गतिमा कल्याण सिंहको संगीत र रवि मल्लका शब्द छन् । अनुप र नम्रताको नृत्य देख्न सकिने यो गीतमा अनुप र नम्रताको प्रेमभावलाई देखाउन खोजिएको छ । यही फिल्मका लागि नम्रताले कपालसमेत छोटो बनाएकी थिइन् ।

मार्सल आर्ट खेलाडीको कथामा निर्माण भएको यो फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

आसुतोष राज श्रेष्ठको निर्देशनमा बनेको यो फिल्म नम्रता अनुपका फ्यानका लागि प्रतीक्षित बनेको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : ५८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६