अफ्रिकालाई पराजित गर्दै शीर्ष ४ मा स्थान बनाउने लक्ष्यमा श्रीलंका « Khabarhub

अफ्रिकालाई पराजित गर्दै शीर्ष ४ मा स्थान बनाउने लक्ष्यमा श्रीलंका


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्ग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजेदेखि दी रिर्भरसाइड दुर्हाम क्रिकेट मैदानमा शुरु हुने छ ।

आजको खेलमा अफ्रिकालाई पराजित गर्दै श्रीलंका आफ्नो अन्तिम ४ को सम्भावना बलियो बनाउने योजनामा रहेको छ । अहिले श्रीलंका अंक तालिकामा ७ औं स्थानमा छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ । यता, अफ्रिकाका भने विश्वकपको नवौं स्थानमा छ । नवौं स्थानमा रहेको अफ्रिकाले ७ खेलबाट ३ अंक मात्रै बनाउन सकेको छ ।

अफ्रिकालाई रोक्ने लक्ष्यमा रहेको श्रीलंकाभन्दा माथि एक–एक अंक धेरै बनाएका बंगलादेश र पाकिस्तान रहेका छन् । उनीहरु क्रमश ः छैठौं र सातौं स्थानमा समान ७ अंकसहित रहेका छन् ।

आजको खेलमा जीत हात पारेको खण्डमा श्रीलंका यी दुवै टोलीलाई उछिन्दै चौथो स्थानमा रहेको इङ्ग्ल्यान्डसँग अंक बराबरी गर्नेछ भने राम्रो रनरेटले अफ्रिकालाई पराजित गर्न सके शीर्ष चौथो स्थानमा पुग्नेछ ।

विश्वकपमा आफ्नो प्रदर्शन सुधार्न नसकेको दक्षिण अफ्रिका आजको खेलमा श्रीलंकालाई रोक्ने योजनामा रहेको छ । तर, अहिलेसम्म अफ्रिकाले विश्वकपमा बलियो टोलीका रुपमा स्थापीत गर्न नसक्दा तुलनात्मक रुपमा श्रीलंकाभन्दा मनोवैज्ञानिक रुपमा कमजोर देखिन्छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ११ : ३५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार