अफ्रिकालाई पराजित गर्दै शीर्ष ४ मा स्थान बनाउने लक्ष्यमा श्रीलंका | Khabarhub Khabarhub

अफ्रिकालाई पराजित गर्दै शीर्ष ४ मा स्थान बनाउने लक्ष्यमा श्रीलंका


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्ग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजेदेखि दी रिर्भरसाइड दुर्हाम क्रिकेट मैदानमा शुरु हुने छ ।

आजको खेलमा अफ्रिकालाई पराजित गर्दै श्रीलंका आफ्नो अन्तिम ४ को सम्भावना बलियो बनाउने योजनामा रहेको छ । अहिले श्रीलंका अंक तालिकामा ७ औं स्थानमा छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ । यता, अफ्रिकाका भने विश्वकपको नवौं स्थानमा छ । नवौं स्थानमा रहेको अफ्रिकाले ७ खेलबाट ३ अंक मात्रै बनाउन सकेको छ ।

अफ्रिकालाई रोक्ने लक्ष्यमा रहेको श्रीलंकाभन्दा माथि एक–एक अंक धेरै बनाएका बंगलादेश र पाकिस्तान रहेका छन् । उनीहरु क्रमश ः छैठौं र सातौं स्थानमा समान ७ अंकसहित रहेका छन् ।

आजको खेलमा जीत हात पारेको खण्डमा श्रीलंका यी दुवै टोलीलाई उछिन्दै चौथो स्थानमा रहेको इङ्ग्ल्यान्डसँग अंक बराबरी गर्नेछ भने राम्रो रनरेटले अफ्रिकालाई पराजित गर्न सके शीर्ष चौथो स्थानमा पुग्नेछ ।

विश्वकपमा आफ्नो प्रदर्शन सुधार्न नसकेको दक्षिण अफ्रिका आजको खेलमा श्रीलंकालाई रोक्ने योजनामा रहेको छ । तर, अहिलेसम्म अफ्रिकाले विश्वकपमा बलियो टोलीका रुपमा स्थापीत गर्न नसक्दा तुलनात्मक रुपमा श्रीलंकाभन्दा मनोवैज्ञानिक रुपमा कमजोर देखिन्छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ११ : ३५ बजे

बागमती कांग्रेसमा फेरि बहादुर र इन्द्रको ‘भिडन्त’

काठमाडौं– नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मुख्यमन्त्री

बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीनजना मन्त्री नियुक्त गरेका

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो