सागको तयारीलाई उचित वातावरण दिन सकेका छैनौं-मन्त्री विश्वकर्मा « Khabarhub

सागको तयारीलाई उचित वातावरण दिन सकेका छैनौं-मन्त्री विश्वकर्मा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीलाई उचित वातावरण दिन नसकेको बताएका छन् ।

कराते महासंघले आयोजना गरेको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै मन्त्री विश्वकर्माले खेलाडीलाई सागको तयारीका लागि उचित वातावरण दिन नसकेको स्वीकारेका हुन् ।

‘अहिले विषेश प्रशिक्षण शुरु गरे पनि राम्रो तयारीका लागि उचित वातावरण भने दिन सकेका छैनौं । तर, अब कामर्यविधि आउँदैछ । उक्त कार्यविधि आएपछि अभ्यासको वातावरण राम्रो हुन्छ,’ मन्त्री विश्वकर्माले भने ।

सागको तयारीका लागि अहिले करातेका खेलाडीहरु सातदोबाटोस्थित करातेको हलमा विषेश प्रशिक्षण गरिरहेका छन् । अभ्यासमा २१ जना खेलाडी छन् । कराते अन्तर्राष्ट्रिय स्तरमा अन्य खेलहरु भन्दा सफल खेलका रुपमा हेरिएको खेल भएको पनि मन्त्रीले बताएका छन् ।

खेलाडीहरुलाई राम्रोसँग तयारी गर्न र अन्तर्राष्ट्रिय स्तरमा करातेको विगतको आफ्नो सफलतालाई कायम राख्न निर्देशन समेत दिएका छन् ।

शुक्रबार करातेको सागको प्रशिक्षणमा रहेका २१ जना खेलाडीलाई केल्मे नेपालले खेल सामाग्री हस्तान्तरण गरेको छ । उक्त्त खेल सामाग्री झण्डै ५ लाख बराबर रहेको केल्मे नेपालले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १ : २३ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति