रेखा थापालाई राजनीतिप्रति चासो कि, फिल्म वृत्तिको चिन्ता ? « Khabarhub

रेखा थापालाई राजनीतिप्रति चासो कि, फिल्म वृत्तिको चिन्ता ?


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका रेखा थापा पछिल्लो समय खासै चर्चामा छैनिन् । कुनै बेला एकपछि अर्को गर्दै लगातार फिल्ममा व्यस्त बनेकी रेखाको वृत्ति केही वर्षयता ओरालो लाग्ने क्रममा छ । उनले अभिनय गरेका फिल्मले कमाइ गर्नु त परको कुरा, लगानी पनि सुरक्षित गर्न सकेका छैनन् ।

अर्कातिर रेखाले निर्माण गरेका फिल्ममा आफूलाई अझै पनि ‘हिरो’ कै रुपमा स्थापित गर्न खोज्छिन् । जुन कुरा दर्शकलाई मन परेको छैन । पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘मालिका’ ले पनि रेखालाई खासै सफलताको स्वाद चाख्ने मौका दिएन ।

फिल्ममा मालिका बनेकी कमला ओली पनि फिल्म रिलिजसँगै कता हराइन् कता ।

अभिनेत्री हुँदै निर्देशक समेत बनेकी रेखा राजनीतिमा पनि होमिइन् । पहिले रेखा तत्कालीन नेकपा माओवादी पार्टीमा होमिएकी थिइन् । पछि  सो पार्टी छोडेर तामझामका साथ कमल थापाको पार्टीमा सामेल भइन् । हुन त उनी पछिल्लो समय पार्टीगत राजनीतिक रुपमा झण्डै निष्क्रिय जस्तै छिन् ।

कतिपयले रेखालाई राजनीति नफापेको प्रतिक्रिया दिने गरेका छन् । त्यसो त उनका फिल्म पनि चलेका छैनन् यतिबेला ।

रेखा आजभोलि महिला हिंसाका विरुद्ध खुलेरै बोलेकी हुन्छिन् । त्यसो त उनी पछिल्लो समय महिला हिंसा न्यूनीकरणको अभियानमा पनि लागेकी छिन् ।

हालै रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुगेकी थिइन् उनी । यस्तै विप्लव समूहमा संग्लग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेपछि फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्कीका पक्षमा बोल्दै उनले लामो स्टाटस लेखिन् ।

अभिनयका माध्यमबाट करोडौँ नेपालीमाझ आफ्नो परिचय बनाएकी रेखालाई अब भने अभिनय क्षेत्रमा जम्न गाह्रो हुने देखिएकाले ‘सेफ ल्याण्डिङ’ खोजेको भन्ने आरोप पनि कतिपयले लगाउँदै आएका छन् ।

जे होस्, रेखाका फ्यानले उनको अभिनय देख्न पाएका छैनन् । सामाजिक सञ्जालमा भने कहिलेकाहीँ फ्यानहरुले लेखिरहेका हुन्छन् – ‘रेखा दिदी, हजुरको नयाँ फिल्म कहिले आउँछ ?’

यता रेखा आफ्नो फिल्म करिअरको भन्दा पनि सामाजिक र राजनैतिक करिअरमा बढी चिन्तित देखिएकी छिन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १ : ५४ बजे

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त