जी २० सम्मेलन ओसाकामा शुरु « Khabarhub

जी २० सम्मेलन ओसाकामा शुरु


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओसाका–२० वटा औद्योगिक राष्ट्रहरुको समूह जी २० को सम्मेलन जापानको ओसाका शहरमा शुरु भएको छ । शुक्रबार जापानी प्रधानमन्त्री सिन्जो आबेले जी २० सम्मेलनको को औपचारिक उद्घाटन गरेका हुन् ।

यस सम्मेलनका क्रममा विश्वको औद्योगिक उत्पादन, व्यापारिक मुद्धाहरु, महिला सशक्तिकरण तथा स्वास्थ्यका साथै विविध विषयहरुमा छलफल हुनेछ ।
त्यस्तै, जलवायु परिवर्तनको विषयमा पनि सम्मेलनको प्रमुख एजेण्डाको रुपमा रहेको जनाइएको छ ।

त्यस्तै इरान, उत्तर कोरिया र भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमका विषयमा पनि सम्मेलनमा छलफल हुने छ ।

जी २० सम्मेलनमा सहभागी हुन जी २० मा आबद्ध मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु ओसाका पुग्ने क्रम जारी छ ।

पछिल्लो समय विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रहरु चीन र अमेरिकाबीच व्यापार युद्ध जारी रहेका बेला जी २० को सम्मेलन शुरु भएको हो ।

यद्यपि सम्मेलनमा प्रमुख मुद्धाहरुमा औपचारिक तथा ठोस सम्झौता हुने सम्भावना भने नरहेको अन्तर्रायिट्रय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जी २० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिका सदस्य छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  २ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै