कांग्रेस सभापति देउवाले दिए सरकार ढालिदिने चेतावनी « Khabarhub

कांग्रेस सभापति देउवाले दिए सरकार ढालिदिने चेतावनी


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार ढालिदिने चेतावनी दिएका छन् ।

लोकतन्त्रको रक्षा गर्ने अवस्थामा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढाल्न कांग्रेसका लागि कुनै ठूलो कुरा नभएको देउवाको भनाइ छ ।

‘लोकतन्त्रका लागि राणा ढालेको कांग्रेसले पञ्चायलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकार ढाल्न कांग्रेसलाई कुनै समस्या हुँदैन,’ शुक्रबार राजधानी काठमाडौंमा पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले भने ।

सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने पनि बताए ।

पार्टी निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै देउवाले आक्रोश पनि व्यक्त गरे ।

वर्षौंदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि देउवाले चेतावनी दिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको भन्दै पौडेलले त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराए ।
नेता पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति नलिन पनि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ३ : २९ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी