पाँचथरमा पहिरोः सात घर परिवार विस्थापित « Khabarhub

पाँचथरमा पहिरोः सात घर परिवार विस्थापित


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर–पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् ।

घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र मुक्लाबुका सात परिवार पूर्णरुपमा विस्थापित भएका हुन् ।

यहाँका सन्तोष बेघा, मिलन माङ्मु, दलबहादुर चौहान, लालबहादुर चौहान, पहलमान राई, जसबहादुर राई र राजेश राईको परिवार पहिरोका कारण विस्थापित भएका हुन् । विस्थापितमध्ये पहलमान राईको घर पहिरोले बगाएको छ भने अन्यको घरमा समेत बस्न नसकिने अवस्था रहेको छ । विस्थापित सात परिवारका जम्मा ४२ सदस्य छन् ।

यहाँको चिङ्मा बस्तीका भीमबहादुर राई, पूर्णबहादुर राई, टङ्क माङ्मू, लालबहादुर राई, दिलबहादुर माङ्मु, बालकृष्ण राई, कृष्णबहादुर राई, विष्णुमाया राई, हर्कमान राई र दिलकुमारी राई तथा मुक्लाबु बस्तीका डिकबहादुर बानियाँ, कपिलमान राई, सेरमान राई र ईश्वरी बेघा पहिरोबाट प्रभावित बनेका हुन् ।

निरन्तरको वर्षापछि यहाँका सेपी, चिङ्मा, बेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा पहिरो गएको हो । वडाध्यक्ष देउकुमार योङहाङका अनुसार रातिबाट पहिरो जान थालेपछि स्थानीय घर छोडेर भागेका थिए । बस्तीभन्दा माथि डुँडे चौर नामको ठूलो खुला मैदान रहेका कारण स्थानीयवासी त्यहाँ पुगेका थिए ।

निरन्तर वर्षा भएका कारण पहिरो जाने क्रम निरन्तर रहँदा स्थानीयवासीलाई भाग्नसमेत समस्या परेको थियो । “दुई दिनदेखि पानी परिरहेको थियो । वर्षाकै कारण मोबाइलमा नेटवर्कसमेत नआउने भएका कारण स्थानीयले समयमा खबर गर्नसमेत पाएनन्”, वडासदस्य प्रेमबहादुर राईले भने, “जे होस् डुँडे चौर पुगेर ज्यान जोगाउनु भयो ।”

चालू आर्थिक वर्षमा अरु मानव बस्तीबाट छ घण्टाको पैदल दूरीमा रहेको बर्मे भन्ने स्थानमा मोटरबाटो पुर्‍याउन यहाँको सन्त गोलाइ भन्ने स्थानबाट सेपी–चिङ्मा हुँदै मोटरबाटो निर्माण गरिएको छ । निरन्तरको वर्षा र मोटरबाटो निर्माणका कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ ।

“यो अत्यधिक वर्षा हुने ठाउँ हो”, स्थानीयवासीसमेत रहनुभएका वडासदस्य राईले भने, “वर्षा भइरहे सेपी र बेतेनीका करीब ९० घर परिवार आ–आफ्नो घरमा बस्न सक्नुहुन्न । उहाँहरुका लागि वैकल्पिक व्यवस्था गरिनुपर्छ ।” पहिरोबाट २५ किलोवाट क्षमताको मेजर चिङ्मा रवि खोला लघु लजविद्युत् आयोजनाको इन्टेक, पावर हाउसलगायत अधिकांश संरचनामा क्षति पुगेको छ । पहिरोले गोठसमेत बगाएको छ । कति पशु चौपाया मरे भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन । यहाँको मुख्य आम्दानीको स्रोत नै पशुपालन हो ।

अधिक वर्षा हुने समय भएका कारण अहिले भेडा, गाई तथा चाँैरी गोठ बस्ती छेउमै रहेको वडाध्यक्ष योङहाङले बताए । अझैसम्म वर्षा भइरहेका कारण स्थानीयवासीमा पहिरो जाने त्रास कायम रहेको उनको भनाइ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ५ : ३६ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार